स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

सिरहामा कोरोना भाइरसको जोखिम बढ्दो

coronavirus,COVID-19, Live Update - The Times Of Nepal
सेयर गर्नुहोस

 १६ चैत : भारतलगायत अन्य देशबाट फर्किएकाहरु अझै क्वारेन्टाइनमा नपुग्दा र भारतीय सीमा नाका पूर्ण रुपमा बन्द नहुँदा सिरहामा कोभिड १९ संक्रमण फैलिने जोखिम बढ्को छ । कोरोनाको संक्रमण छिमेकी म भारतमा समेत तीव्र रुपमा फैलिरहेको र सीमा क्षेत्रमा आवतजावत पूर्ण रुपमा बन्द नहुँदा जोखिम बढ्को स्थानीयवासी बताउँछन् ।
खुल्ला सिमाना कारण मुख्य नाकासँगै अन्य विभिन्न चोर बाटो भएर सर्वसाधारण नेपाल भित्रिरहे पनि भित्रिने अधिकांश क्वारेन्टाइनमा नबसी सीधै परिवार तथा आफन्तजनको सम्पर्कमा पुग्ने गरेको सीमाक्षेत्रका बासिन्दाको भनाइ छ ।
बरियारपट्टीका मुकेश यादवले भन्नुभयो,‘‘ सरकारले एकातिर सीमा नाका बन्द गरेको छ भने अर्कातर्फ भारतीय बजार जाने र आउने क्रम रोकिएको छैन, अझै सर्वसाधारणको आवतजावत भईरहेका कारण जोखिम बढेको छ ।” नजीकै भारतको बिहारमा पनि कोरोना संक्रमणबाट व्यक्तिको मृत्यु भएको र आवतजावत भइरहेकाले यस क्षेत्रमा त्रास बढ्ेको उहाँको भनाइ छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाईँले भारतबाट घर फर्किएका नेपालीलाई सीमानाकामा स्वास्थ्य जाँच गरेर मात्र नेपाल प्रवेश गर्न दिइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सीमा नाकामा हुने आवतवातमा कडाइ गरेका छौँ, हामीले आवतजावत गर्न दिएका छैनौँ, अब लुकीछिपी चोर बाटो भएर आइरहेका छन् भने त्यसलाई पनि रोक्ने प्रयास गर्छौँ ।” विश्व समुदाय नै कोरोनाको महामारीसँग जुधिरहेकाले सबैले सचेतता अपनाउनुपर्ने उहाँको भनाइ छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -