स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

कोभिड –१९ : घर बाहिर ननिस्कन आग्रह

coronavirus,COVID-19, Live Update - The Times Of Nepal
सेयर गर्नुहोस

 १६ चैत  : नेपाल भारत सीमानाका जोडिएको बाँके जिल्लाको डुडुवा गाउँपालिका वडा नंं २ स्थित वेतहनी स्वास्थ्य चौकिमा ११ श्ययाको क्वारेन्टाइन तयार पारिएको छ ।

कोभिड १९ को सम्भावित जोखिम आउन नदिन गाउँपालिकाले जनचेतनाका साथमा क्वारेन्टाइन तयार गरेको स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले जानकारी दिनुभयो । वडा नं ४ कम्दीस्थित आधारभुत विद्यालय शाहपुर्वा र वडा नंं ६ हिरमिनियामा आवश्यकताअनुसार थप दश ÷दश श्ययाको क्वारेन्टाइन तयार गरिने उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकामा स्वास्थ्य सरसफाइ तथा जोखिमबाट बच्नका लागि उच्च सतर्कता अपनाउन र घरबाहिर ननिस्कनका लागि सचेतनामुलक सन्देशसहितको माइकिङ्गको भइहेकोे गाउपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो ।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ काँरकाँदोले करिव दुईहजार ७०० घरधुरीमा माक्स र डिटोल सावुन वितरण गरेको छ । वडावासीको घरघरमा गएर ती सामग्री वितरण गरेको वडा अध्यक्ष दीपक वर्माले जानकारी दिनुभयो । उहाँले दैनिक उपभोगका वस्तु अभाव हुन नदिने जानकारी दिँदै घरबाहिर ननिस्कन आग्रह समेत गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -