स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

मुख्यमन्त्री राईद्वारा दैनिक ज्यालादारी श्रमिकलाई राहत उपलब्ध गराउन सुझाव सङ्कलन

सेयर गर्नुहोस

१५ चैत  : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दैनिक ज्यालादारी श्रमिकलाई सहज आपूर्ति व्यवस्था मिलाउन सरोकार पक्षसँग छलफल एवं सुझाव लिनु भएको छ । मुख्यमन्त्री राईले कोभिड १९ नियन्त्रण, रोकथाम सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार सर्वपक्षीय स छलफल कार्यक्रममा सो सुझाव लिनुभएको हो ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले अहिलेसम्म कोेरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि गरेका कामका बारेमा जानकारी गराउँदै आगामी दिनमा प्रभावकारी ढङ्गले काम अगाडि बढाउनका लागि सरोकार पक्षको राय लिनभएको थियो ।
बैठकमा विभिन्न राजनीतिक दलका नेता, प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता, स्थानीय तहका जनप्रतिनिधि, अस्पतालका प्रतिनिधि, उद्योगी, व्यवसायी सङ्घसङ्घठनका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
छलफलमा सहभागी प्रतिनिधिले प्रदेश सरकारले अगाडि बढाएका नीति कार्यान्वयन गर्न एकजुट भएर लाग्ने दृढता व्यक्त गर्नुभयो ।
प्रहरी सुरक्षामा दुनी हाट बजारका व्यापारी हंस सिंहको पसलको लागि ट्रकबाट चामक ल्याइँदै गर्दा तीन महिला र दुई बालक कामको खा
खोजीमा बजारमै थिए । कोरोना भाइरसबाट बच्न लकडाउन जारी हुँदा अरुको सामान बोकेर पैसा कमाउने मजदुरहरु समस्यामा परेका छन् ।
बाजुराको गौमुल गाउँपालिका–१ अम्लिस घर भइ हाल मार्तडीमा बस्ने ३० वर्षीया कम्पनी रोकाया कामको खोजीमा भौतारिनुभएको छ । पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण छोराछोरी पढाउन र गुजारा चलाउन सामान बोक्ने गरेको रोकायाले बताउनुभयो । “आर्थिक कमजोर भएर नै ज्याला मजदुरीसँगै भारी बोकेर छोराछोरी र घरपरिवार चलाउने गरेको छु ।” उहाँले भन्नुभयो । रोकायाका दुई सन्तान छन् । श्रीमान् मार्तडीमै कसैको ठेक्का पट्टाका योजनामा काम गर्दै पैसा कमाउने गर्नुहुन्छ । दुवै सन्तानलाई पढाई खर्च र लुगा कपडा किन्न समेत पैसा नहुँदा ज्यालामा मजदुरी गर्दै भारी बोक्नुपर्ने बाध्यता रहेको रोकायाको भनाइ छ । उहाँ विहानै बजारमा जाने र दिभरी भारी बोकेर ल्याएको पैसाले चामल नुन, तेल लिएर मात्र चुलोमा आगो बल्ने गरेको गर्नहुन्छ ।
रोकायाजस्तै त्रिवेणी नगरपालिका–८ कालापानीकी गंगा गिरी पनि मजदुरीका लागि मार्तडी आएको करिव चार वर्ष बित्न लाग्यो । बजारमा कुन साहुको गाडी आयो भनेर कुरेर बस्ने गरे गिरीले अहिले खासै कमाइ नभएका कारण कोठा भाडा र ग्यास किन्नका लागि पैसाको अभाव भएको गिरीले दुखेसो पोख्नुभयो । गिरीलाई लकडाउन भन्दा पनि पैसा कमाउनमा बढी ध्यान छ । दिनमा कसैको भारी बोकेर ज्याला नपाएपछि रातभरी निद्रा समेत नलाग्ने उहाँ बताउनुहुन्छ ।
छोराछोरीलाई कसरी स्कुलमा पढाउने, उनीहरुलाई कहाँबाट कपडा किन्ने जस्ता चिन्ता हुने गरेको जनाउँदै उहाँले घरमा कमाउनेहरु गाउँको झगडा मुद्धामा कारागारमा सजाय भोग्दै आएकाले आफू एक्लैले परिवार चलाउन समस्या भएको बताउनुभयो । सात जनाको परिवार दैनिक ज्यालादारीमा काम नपाए भोकै बस्नुपर्ने बाध्यता रहेको गिरीले दुखेसो छ ।

रोकाया र गिरीजस्तै गौमुल गाउँपालिका–२ दहकोटकी सीता रोकायाको दैनिकी भारी बोक्ने र छोराछोरीलाई पढाइ खर्च जुटाउने हो । उहाँ मार्तडी बसेको दशक बित्यो । दशकदेखि नै भारी बोक्दै छोराछोरीलाई निजी क्षेत्रका विद्यालयमा अध्ययन गराउँदै आउनुभएको छ । घरमा कोही पनि जागिरे नभएपछि ज्याला मजदुरी गरेर नै घर खर्च चलाउनुपर्ने अवस्था रहेको रोकायाले बताउनुभयो ।

अरुको भारी बोक्दै जोहो गर्नुपर्दा मालबहाक ट्रकहरु नआउने भएपछि घर खर्च कसरी चलाउनेबारेमा चिन्ता बढ्न थालेको रोकायाले बताउनुभयो ।
मजदुरी गरेर जिवीकोपार्जन गर्नेलाई केही व्यवस्थापनका लागि बडिमालिका नगरपालिका छलफलमा रहेको सो नगरपालिकाका प्रमुख पदम बडुवालले बताउनुभयो । उहाँले लकडाउन एक साता मात्र भएकाले तत्काल व्यवस्था केही नभएपछि यसबारेमा आवश्यक सहयोग गर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानले दैनिक मजदुरी गरेर खानेलाई हालसम्म केही व्यवस्था नभएको जनाउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -