स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

लकडाउनमा प्रदेश नं १ मा इन्धन र ग्यासको अभाव नहुने

province no 1 - The Times Of Nepal
सेयर गर्नुहोस

१४ चैत : लकडाउनको समयमा इन्धन र ग्यासको अभाव हुन नदिने नेपाल आयल निगम प्रादेशिक नं. १ कार्यालय विराटनगरले जनाएको छ । कार्यालय प्रमुख अशोक साहले इन्धन र ग्यासको अभाव हुन नदिने बताउँदै यसमा आमउभोक्ताले चिन्ता नगर्न आग्रह गर्नुभएको छ । अहिले निगममा सात हजार १०० केएल क्षमताको भण्डारणमा इन्धन ९० प्रतिशत अर्थात् छ हजार २५ केएल रहेको प्रमुख साहले जानकारी दिनुभयो । “लकडाउनको अवस्थामा आम उपभोक्ताले ग्यासको अभाव होला कि भन्ने चिन्ता स्वाभाविक हो, त्यसैले निगमले ग्यासको आपूर्तिलाई व्यवस्थित तरिकाले वितरण गर्नेछ”, प्रमुख साहले बताउनुभयो ।

बिहीबार १७ थान (ग्यास बोकेको) बुलेट एकीकृत भन्सार जाँच चौकी विराटनगरमा आएर सात वटा हिजै नेपाल आयल निगमको कार्यालयमा आइसकेको छ । बाँकी दश वटा आज आइपुग्ने, त्यसपछि ग्यास कम्पनी कोशी, रिजाल, मारुती, प्रिमा र सुगमलाई वितरण गर्ने तयारीमा रहेको निगमले जनाएको छ ।

लकडाउनलाई ध्यानमा राखेर निगमले भोलिदेखि प्रत्येक सिलिन्डरमा ७.१ केजी ग्यास वितरण गर्ने नियम बनाएको छ । कोशी ग्यास कम्पनीले आजैदेखि ७.१ केजी भएको ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको निगमका प्रमुख साहले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -