स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

आइशोलेसनका लागि तीन अस्पताल तोक्ने मन्त्रिपरिषद् निर्णय

Karnali Pradesh - The Times Of Nepal
सेयर गर्नुहोस

 १३ चैत  : कर्णाली प्रदेश सरकारको २३औँ मन्त्रिपरिषद् बैठकले प्रदेशका तीन अस्पताललाई आइशोलेसन अस्पताल तोक्ने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको आजको मन्त्रिपरिषद् बैठकले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, कर्णाली प्रदेश अस्पताल सुर्खेत र चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिमलाई आइशोलेसन अस्पतालका रुपमा तोक्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिनुभयो ।

मुख्यमन्त्रीसहित मन्त्रीले एक महिनाको तलब सहयोग गर्ने

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका आइशोलेसनका रुपमा तोकिएका तीनै अस्पतालको समन्वय तथा परिचालनका लागि उक्त बैठकले तीन मन्त्रीको संयोजकत्वको समन्वय तथा परिचालन समिति गठन र रु दुई करोड ५० लाख बजेट उपलब्ध गराउने निर्णय गरेको उहाँले बताउनुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको समन्वय र परिचालनका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको र उक्त प्रतिष्ठानका लागि रु एक करोड बजेट उपलब्ध गर्ने निर्णय भएको उहाँले जनाउनुभयो ।

त्यसैगरी, रु एक करोड उपलब्ध गर्नेगरी कर्णाली प्रदेश अस्पताल सुर्खेतको समन्वय तथा परिचालनका लागि सामाजिक विकासमन्त्री दल रावल संयोजकत्वको सात सदस्यीय समिति र रु ५० लाख बजेट उपलब्ध गर्नेगरी चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिमको समन्वय तथा परिचालनका लागि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री केसी संयोजकत्वको सात सदस्यीय समिति गठन गर्ने निर्णय उक्त बैठकले गरेको जनाइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -