स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

पाल्पाका क्वारेन्टाइनमा ४२ , विदेशबाट फर्केका होम क्वारेन्टाइनमा

क्वारेन्टाइन - The Times Of Nepal
सेयर गर्नुहोस

 १३ चैत : कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन पाल्पाका विभिन्न ठाउँमा स्थापना गरिएका क्वारेन्टाइनमा जानेको सङ्ख्या वृद्धि भएको छ । जिल्लाका १० स्थानीय तहमा आठ क्वारेन्टाइन भएकामध्ये तानसेन नगरपालिकाको जनप्रिय माध्यमिक विद्यालय, रामपुर नगरपालिकाको बालकल्याण प्राथमिक विद्यालय, रम्भा गाउँपालिकाको रम्भा माध्यमिक विद्यालय र बगनासकाली गाउँपालिकाको ग्राम्य माध्यमिक विद्यालयमा प्रायः भारतबाट आएका नागरिकलाई राखिएको छ ।


पाल्पामा धनगढी र गड्गाचौकी हुँदै भित्रिएका नागरिकलाई सीधै क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेका अनुसार तानसेन नगरपालिकामा २६ तथा बगनासकालीमा दुई जना र बगनासकालीमा राखिएका अन्य रामपुरका नौ जनालाई फर्काएर आफ्नै रामपुरको क्वारेन्टाइनमा राखिएको छ ।

त्यस्तै रम्भा गाउँपालिकाको क्वारेन्टाइनमा आज पाँच जनालाई राखिएको र विदेशबाट भित्रिएका ५२ नागरिक रहेकामा केहीलाई होम क्वारेन्टाइनमा व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीको भनाइ छ ।
रामपुर नगरपालिकाले नगरमा भित्रने नागरिकको तथ्याङ्क सङ्कलन गर्दा अहिलेसम्म १३५ नागरिक भारतलगायत देशबाट गाउँ आएकामा नौ जना क्वारेन्टाइनमा राखिएको छ । अन्यलाई वडावडामा क्वारेन्टाइनको स्थापना गरी राख्न पहल भइरहेकाले हाल घरमै सुरक्षित रहन अनुरोध गरिएको नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार १० वटै वडामा क्वारेन्टाइन तयार गरिने छ ।

रामपुरमा आवश्यकता हेरेर प्रत्येक दिन एक घण्टा खाद्यान्नका पसल खोल्ने तथा बाहिरबाट आएका नागरिकलाई जनप्रतिनिधिमार्फत निगरानीमा राखिएको इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्यले बताउनुभयो । सरकारले भने अनिवार्य स्वास्थ्यजाँच गरेर १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -