स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

अहिले मुलुकको परीक्षाको घडी हो : गृहमन्त्री थापा

सेयर गर्नुहोस

 १३ चैत : गृहमन्त्री रामबहादुर थापाले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । प्रहरी महानिरीक्षकसँगै हालै पदोन्नती भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई निर्देशन दिँदै उहाँले शान्ति सुरक्षा र वर्तमान अवस्थाको चुनौती सामनाका लागि क्षमता प्रदर्शन गर्न दिर्नेशन दिनुभयो ।

प्रहरी महानिरीक्षकसँगै हालै पदोन्नती भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई निर्देशन दिँदै उहाँले शान्ति सुरक्षा र वर्तमान अवस्थाको चुनौती सामनाका लागि क्षमता प्रदर्शन गर्न दिर्नेशन दिनुभयो ।

तीन जना वरिष्ठ प्रहरी अधिकृत एआइजी भएकामा बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै मन्त्री थापाले जिम्मेवारी इमान्दारीपूर्वक पालन गर्न समेत अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “वर्तमानमा उत्पन्न भएको सङ्कटका बेला सुरक्षा निकायको भुमिका बढी छ, हाम्रो परिक्षाको घडी पनि हो, लकडाउनलाई प्रभावकारी कार्यान्वयन गराउनुहोस्, यो जनताकै स्वास्थ्यका लागि हो भन्ने सम्झाउनुहोस् ।”

उहाँले जनतालाई नम्र भएर सरकारी आदेशको पालना गराउन, जनतालाई कुनै समस्या भए तत्काल समाधानको पहल गर्न, कालोबजारीको अनुगमन बढाउन समेत प्रहरीलाई निर्देशन दिनुभएको छ । यस्तै स्वास्थ्य संस्थाका गतिविधिमा निगरानी बढाउनसमेत उहाँले आग्रह गर्नुभयो । सो क्रममा गृहसचिव महेश्वर न्यौपानले पनि पदोन्नति हुनुभएका एआइजीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -