स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

मुख्यमन्त्री गुरुङद्वारा समवेदना

सेयर गर्नुहोस

 १२ चैत : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवं प्रदेश संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारीको आमा सानुमाया अधिकारीको निधनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

आज एक शोक वक्तव्य प्रकाशित गर्दै उहाँले स्व अधिकारीप्रति श्रद्धाञ्जलि एवं शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो ।

लमजुङ जिल्लाको दोर्दी गाउँपालिका वडा नंं १ भारते निवासी अधिकारीको ९७ वर्षको उमेरमा आज बिहान काठमाडौँमा निधन भएको प्रकाशित शोक वक्तव्यमा उल्लेख गरिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -