पूर्ण बैंकिङ सुविधा दिन्छौँ – बैंकर्स सङ्घ

पूर्ण बैंकिङ सुविधा दिन्छौँ – बैंकर्स सङ्घ


bank - The Times Of Nepal

 १२ चैत : कोरोनाको सङ्क्रमण फैलन नदिन सरकारले घोषणा गरेको साताव्यापी ‘लकडाउन’लाई पूर्णरूपमा कार्यान्वयन गर्दै वाणिज्य बैंकले उपभोक्तालाई सहजरुपमा बैंकिङ सुविधा दिने प्रतिबद्धता जनाएका छन् ।

नेपाल बैंकर्स सङ्घको आज बसेको अनलाइन बैठकले विपद्को समयमा सर्वसाधारणको कमाइको पूर्ण सदुपयोग हुने गरी बैंकका आवश्यक शाखा खोलेर पूर्ण सेवा दिने निर्णय गरेको हो । बैठकपछि सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उपभोक्तालाई एटीएममा पर्याप्त रकम उपलब्ध गराउने, एटीएम नभएका शाखा सीमित समयका लागि खुला गर्ने निर्णय गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “लकडाउनका बेलामा पनि वाणिज्य बैंकका शाखाले एलसी ट्रेजरीलगायत अत्यावश्यक सेवा दिइनेछ ।” बैठकले अत्यावश्यक वस्तुको आयातमा बैंकले दिने सेवा सबै शाखाबाट उपलब्ध गराउने निर्णय गरेको छ । निर्णयमा भनिएको छ, “बैंकका शाखाले एटीएममा पर्याप्त रकम राख्नेछन् भने ती शाखाबाट नगद कारोवार हुनेछैन । एटीएम नभएका शाखा भने सीमित समयका लागि खुला गरिनेछ । बैंकका शाखामा सर्वसाधारण विशेषगरी रकम झिक्ने आउने भएकाले एटीएम भएको स्थानमा शाखा खोलिने छैन ।”

Advertisement

बैंकका शाखाले दुई आधिकारिक व्यक्तिको सम्पर्क नम्बर ग्राहकलाई उपलब्ध गराउने र ग्राहकले ती व्यक्तिलाई अत्यावश्यक परेको खण्डमा सेवा लिन सम्पर्कसमेत गर्न सक्नेछन् । यस्तै सङ्घले ग्राहकलाई डिजिटल बैंकिङमार्फत कारोवार गर्न आग्रह गर्दै स्थानीय तथा सरकारी निकायलाई बैंकका कर्मचारीलाई स्वास्थ्य तथा सुरक्षा उपकरण उपलब्ध गराइदिनसमेत आग्रह गरेको छ ।

User Avatar
द टाइम्स अफ नेपाल / रासस
“परिवर्तका लागी स्वच्छ पत्रकारीता” THE TIMES OF NEPAL | (thetimesofnepal.com) मा अंग्रेजी, नेपाली दुवैमाध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार पढ्न पाउनुको साथ साथै तपाईको स्थानिय स्तरमा भएका समाचारहरु हामिलाई पठाउन समेत सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिने पहिलो व्यक्ति हुनुहोस् ।

जवाफ दिनुहोस

Your email address will not be published.

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित पोस्टहरू

छुट्यो कि?