स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

मुख्यमन्त्री राईद्वारा पूर्वी नाकाको निरीक्षण

सेयर गर्नुहोस

१० चैत : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पूर्वी नाका काँकडभिट्टाको आज स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँले पूर्वी नाका काँकडभिट्टाको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।

कोभिड– १९ को सङ्क्रमण फैलन नदिन मन्त्रिपरिषद्को निर्णयअनुसार आज मुख्यमन्त्री राईले पूर्वी नाका काँकरभिट्टाको स्थलगत निरीक्षण गर्नुभएको हो । नाकाको निरीक्षण गर्दै भारतलगायत विभिन्न देशबाट नेपाल फर्किएका नेपाली मेची पुलमा अलपत्र परेसँगै उनीहरुलाई सीमा नाकामै भेटेर मुख्यमन्त्री राईले स्वदेश फर्कने व्यवस्था मिलाउन पहल भइरहेको बताउनुभयो ।

यसअघि उहाँले भारतलगायत विभिन्न मुलुकबाट नेपाल भित्रिएका नेपालीलाई स्वास्थ्य जाँचपछि क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन मेची नगरपालिकालाई आग्रह गर्नुभयो । उहाँले सबै स्थानीय तहलाई क्वरेन्टाइनको व्यवस्था गर्दै आङ्शका गरिएका सबै बिरामीलाई सुरक्षित रुपमा क्वारेन्टाइनमा राख्न र सबै नागरिकलाई होम क्वारेन्टाइन्मा सजग भएर बस्न आग्रह गर्न निर्देशन दिनुभयो ।

पूर्वी नाका काँकडभिट्टामा स्वदेश फर्किएका करीब तीन सय नेपाली अलपत्र परेपछि मुख्यमन्त्री राईले उक्त नाकाको स्थलगत निरीक्षण गर्नुभएको हो । उहाँसँगै सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरसमेत निरीक्षण टोलीमा सहभागी हुनुहुन्छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -