स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

कोरोना फैलिन नदिन प्रभावकारी उपाय अपनाउन जरुरी छ : मुख्यमन्त्री भट्ट

सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट - The Times of Nepal
सेयर गर्नुहोस

 ७ चैत : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आज यहाँ बसेको बैठकले कोरोना भाइरसको रोगथाम र निगरानीका लागि सञ्चालनमा रहेका सहायता कक्ष ‘हेल्थ डेस्क’लाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रण तथा निर्देशन समितिका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री भट्टले बैठकमा कोरोनाको जोखिममा सुदूरपश्चिम प्रदेश पनि रहेको अवस्थामा यसको रोकथाम र निगरानीका साथै आपूर्ति व्यवस्थामा कुनै कमी कमजोरी हुन नदिन निर्देशन दिनुभयो ।

बैठकमा अनावश्यक भीडभाड हुन नदिन, सङ्क्रमण भित्रिन सक्ने संवेदनशील क्षेत्रमा उच्च सतर्कताका साथ काम गर्न, सङ्क्रमित फेला परेको अवस्थामा रोकथाम तथा निगरानीको व्यवस्थापन प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले राससलाई बताउनुभयो । बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री, सामाजिक विकासमन्त्री, कैलालीका प्रजिअ, धनगढी उपमहानगरपालिकाका प्रमुखलगायत निकायका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -