स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

प्रदेश ५ एसइईमा ८१ हजार सहभागी हुँदै

सेयर गर्नुहोस

 ५ चैत : यस वर्षको एसइई परीक्षामा प्रदेश नं ५ बाट ८१ हजार ४०१ विद्यार्थी सहभागी हुँदैछन् । तीन सय २१ परीक्षा केन्द्रबाट प्राविधिक नियमिततर्फ दुई हजार १३१, साधारण नियमिततर्फ ७६ हजार ६१८ र ग्रेड वृद्धिका दुई हजार ६५२ गरी ८१ हजार ४०१ विद्यार्थी सहभागी हुन लागेको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

परीक्षामा सबभन्दा बढी रुपन्देहीबाट १७ हजार ४३० र सबभन्दा कम पूर्वी रुकुमबाट एक हजार ७४ विद्यार्थी एसइईमा सहभागी हुँदैछन् । गत वर्ष प्रदेश ५ बाट ७८ हजार ६५७ परीक्षार्थी सहभागी भएका थिए । सामुदायिकतर्फ एक हजार सात विद्यालयका ६० हजार ५५५ र संस्थागततर्फ ६६१ विद्यालयका २० हजार ८४७ गरी कूल ८१ हजार ४०१ विद्यार्थीले एसइई दिन लागेका हुन् । यीमध्ये नौ दृष्टिविहीन, १३ सुस्तश्रवण, दुई शारीरिक अपाङ्गता गरी २४ अपाङ्गता भएका विद्यार्थी एसइईमा सहभागी हुन लागेको सामाजिक विकास निर्देशनालयका प्रवक्ता भोजबहादुर केसीले जानकारी दिनुभयो । 

परीक्षाका लागि कूल १२ हजार ५९ जना जनशक्ति खटाइनेछ । बाह्रवटै जिल्लामा केन्द्राध्यक्ष ३२१, सहायक केन्द्राध्यक्ष ४११, निरीक्षक चार हजार ७०, परीक्षा सहायक ८१४ र सुरक्षाकर्मी चार हजार ८१५ गरी १२ हजार ५९ जना जनशक्ति परिचालन गरिने प्रवक्ता केसीले बताउनुभयो ।

प्रदेश नं ५ मा परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेशका १२ वटै जिल्लामा प्रश्नपत्रको व्यवस्थापन राष्ट्रिय परीक्षा बोर्डबाट र अन्य व्यवस्थापनको जिम्मा प्रदेश सरकारले गरेको हो । “चैत १७ गतेसम्म हुने परीक्षालाई व्यवस्थित र मर्यादित बनाउने गरी सबै जिल्लामा आवश्यक सबै तयारी पूरा गरिएको छ”, प्रवक्ता केसीले भन्नुभयो । यस वर्ष कोरोना भाइरसको जोखिम भएकाले परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापनाका लागि परीक्षा केन्द्रलाई निर्देशन दिइएको केसीले बताउनुभयो । 

प्रश्नपत्र परीक्षा बोर्डबाटै आउने र १२ वटै जिल्लामा केन्द्राध्यक्ष, सहकेन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, कार्यालय सहायक र सुरक्षाकर्मीको व्यवस्थापन प्रदेश सरकारले गरेको हो । जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त केन्द्रगत परीक्षार्थी विवरणअनुसार ३२१ वटै परीक्षा केन्द्रमा आवश्यक पर्ने उत्तरपुस्तिका निर्देशनालयबाट सम्बन्धित जिल्लामा पु¥याइसकिएको छ भने प्रश्नपत्र राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धित जिल्लाको प्रहरी कार्यालयमा पठाउने व्यवस्था छ । परीक्षा सञ्चालनका लागि पर्ने रकम केन्द्रगत र जिल्ला परीक्षा व्यवस्थापनको रकम सम्बन्धित एकाइमा पठाइ सकिएको सामाजिक विकास मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवालीले बताउनुभयो । 

चैत १७ गतेसम्म हुने एसइई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति गठन गरिएको छ । सामाजिक विकास मन्त्रालयले सो परीक्षा सञ्चालनका लागि सङ्घीय सरकारबाट सशर्त अनुदानका रूपमा प्राप्त रु चार करोड ३९ लाख खर्च हुने अनुमान गरेको छ ।
सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -