स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

नेपालले स्वदेशी उत्पादनमा जोड दिनुपर्छ : अध्यक्ष श्रेष्ठ

सेयर गर्नुहोस

काठमाडौं,चैत ५ः नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले सरकारले स्वदेशी उत्पादनमा जोड दिन सके राष्ट्र समृद्धि तर्पm लम्कीने बताएका छन् ।

आजै आयोजित महासंघको प्रथम दिवसलाई लक्षीत गरी द टाइम्स अफ नेपाल सँग भएको कुराकानिमा श्रेष्ठले उक्त कुरा जनाएका छन् ।

अध्यक्ष रामकृष्ण श्रेष्ठका अनुसार यस महासंघमा आबद्ध व्यवसायीलाई सरकारले सिलाइ व्यवसायीको रुपमा मात्र नहेरी उद्योगीको रुपमा हेर्नुपर्ने र व्यवसायी र उपभोक्ताको मर्मलाई बुझेर सहजीकरण गर्नुपर्ने बताएका छन् ।

भ्याटमा दर्ता हुनुपर्ने सरकारी नीतिका कारण साना व्यवसायीलाई परेको मर्का र कच्चा पदार्थमा लाग्ने करलाई मध्य नजर गरी सहजीकरण गर्नका लागि सरकारसँग महासंघको माग रहेको समेत अध्यक्ष श्रेष्ठले बताए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -