स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

मानवीय क्षति भएका परिवारलाई प्रदेश सरकारले क्षतिपूर्ति दिने

सेयर गर्नुहोस

हेटौँडा, ५ चैत : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशभित्रको मानव बस्तीमा जङ्गली जनावरले आक्रमण गरी मानवीय क्षति हुँदा सम्बन्धित पीडित परिवारलाई क्षतिपूर्तिबापत अनुदान रकम यसै वर्षदेखि उपलब्ध गराउने सरकारको नीति भएको बताउनुभएको छ ।

उहाँले प्रदेशसभाको आज बसेको बैठकमा केही दिनअघि भएको बैठकको विशेष र शून्य समयमा बोल्नुहुने सदस्यले उठाउनुभएका विभिन्न जिज्ञासाको उत्तर दिनुहुँदै प्रदेशको स्थायी राजधानी हेटौँडालाई जोड्ने भीमफेदी–कुलेखानी सडक निर्माणको स्तरोन्नति, ढल निकास र कालोपत्र गर्ने कार्य तीव्रताका साथ अघि बढिरहेको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले भीमफेदी–कुलेखानी सुरुङ मार्गको सम्भाव्यता अध्ययनको रिपोर्ट प्राप्त भएपछि आगामी वैशाखको दोस्रो हप्ताभित्रै सुरुङ निर्माणका लागि बोलपत्र (टेन्डर) आह्वान गर्न लागिएको स्पष्ट पार्नुभयो । उहाँले उक्त बैठकमा कोरोना भाइरस सङ्क्रमणबाट प्रभावित हुने बिरामीलाई तत्काल उपचार गर्ने प्रक्रियामा ४० श्यया (प्रकोष्ट) को प्रदेश सरकारले व्यवस्था गर्न लागेको र सो प्रयोजनका लागि आवश्यक एप्रोन, मास्क र उपकरण खरिद गर्ने प्रक्रिया शुरु गरिसकेको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले काठमाडौँको बल्खु हुँदै फाखेल–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडकलाई अहिले निर्माण प्रक्रियालाई तीव्रता दिइएको र हेटौँडा जोड्ने सडकलाई गुणस्तरीय र फराकिलो गरी यात्रुलाई आवतजावतका लागि सुविधायुक्त सेवा उपलब्ध गराउन सरकारले कार्यान्वय गर्ने पनि जानकारी दिनुभयो ।

सो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशसभाका सदस्य शोभा शाक्यले राख्नुभएको एक प्रश्नको लिखित जवाफको टेबुल गर्नुभयो । उक्त बैठकमा शिक्षा, स्वास्थ्य र कृषि समितिका सभापति घनश्याम दाहालले प्रदेश युवा परिषद् गठनको व्यवस्था गर्न बनेको विधेयकको पूर्ण छलफलबाट प्राप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक आजै अपराह्न ३ः०० बजे बस्ने गरी स्थगित गर्नुभएको थियो ।

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -