स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

बाआमाको हत्याको आरोपमा पक्राउ

trending news, latest news, hotnews, popular news, criminal case, corruption search, crime
सेयर गर्नुहोस

३ चैत : शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरस्थित कटान टोलका भण्डारी दम्पतीको हत्यामा उनकै छोराको संलग्नता रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलन गरी प्रहरीले हत्यामा संलग्न भण्डारीका जेठा २६ वर्षीय छोरा भरतबहादुर भण्डारीलाई सार्वजनिक गरेको छ ।

गत फागुन १५ गते ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती धनादेवी भण्डारी घरभित्रै घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थमा शव फेला परेको थियो । प्रहरी समक्ष पक्राउ परेका भण्डारीले मादक पदार्थ सेवन गरी दुवै जनाको हसिया प्रयोग गरी हत्या गरेको बयान दिएका छन् । 

हत्याको संलग्नताको आरोपमा पक्राउ परेका भण्डारी जयलालका जेठी श्रीमतीतर्फका जेठा छोरा हुन् । अंशबण्डा, सम्पत्ति भोगचलन, पारिवारिक झैझगडा र सल्लाहविना सौतेनी आमा भित्र्याएका कारणले बुबा जयलाल र सौतेनी आमा धनाको हत्याका कारण रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताउनुभयो ।  

उहाँका अनुसार भरत गत फागुन १३ गते सवारी चालक अनुमतिपत्रको परीक्षा दिनका लागि महेन्द्रनगर आएका थिए । परीक्षामा अनुत्तीर्ण भएपछि फागुन १४ गते आफन्तसँग भेटघाट गरी डडेल्धुरा फर्कन कैलालीको गोदावरी पुगेर पुनःकलुवापुरस्थित घरमा फर्केका थिए । राति ८ः३० बजे  भरत कलुवापुरस्थित घर पुगेका थिए । घरमा पुगेपछि उनले बुबासँग केहीबेर कुराकानी गरेको त्यसपछि उनका बुबा सुत्न गएपछि सौतेनी आमा धनासँग केहीबेर कुराकानी हुँदा वादविवाद भएको थियो । वादविवादकै क्रममा धना भान्साकोठातिर लाग्नुभयो । 

भान्सामा गएकी धनालाई लोरो प्रहार गरी उनले अचेत बनाए । अचेत भएर भूइँमा खसेकी धनालाई तत्कालै हसियाँ प्रहार गरी हत्या गरे भरतले दिएको बयान उद्धृत गर्दै प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा भन्यो, “त्यसपछि बुबा जयलाल सुतेको कोठामा गई उनले सुतेकै अवस्थमा सोही हतियारको प्रयोग गरी बुबासमेत हत्या गरे । सो हतियार लगाएको पञ्जा मोटरसाइलमा राखी भरत पुनःमोटरसाइकल चढेर डडेल्धुरातर्फ लागे ।”

हत्या गर्न प्रयोग गरिएको हतियार र पञ्जा भासुको भिरबाट तल खसालेको र बारदातमा लगाएको कपडा डडेल्धुरास्थित घर नजिकै जलाएको पक्राउ परेका भण्डारीले प्रहरीलाई बताएका छन् । हत्या भएको स्थानमा प्रहरीले मोबाइलको हेडफोन फेला पारेपछि त्यसको अनुसन्धान गर्दा सो हेडफोन भरतकै रहेको खुलेपछि प्रहरीले केरकार गर्दा उनले बुबा आमाको हत्या गरेको स्वीकार गरेका हुन् । भरतकी आमाको स्तन क्यान्सरका कारण मृत्यु भएपछि जयलालले धनालाई भित्र्याएका थिए । 

सौतेनी आमा ल्याएपछि बुबा भरतको सधैँ विवाद हुँदै आएको थियो । विवाद हुन थालेपछि उनीसँग विवाद भएपछि केही वर्षदेखि डडेल्धुराको अमरगढी नगरपालिका– २ जुगेना स्थित पुख्र्यौली घरमा बस्दै आएका. थिए । प्रहरीले भरतलाई चैत २ गते पुख्र्यौली घर डडेल्धुराबाट पक्राउ गरेको हो । हत्या गरिएका भण्डारी दम्पतीका सात महिनाकी एक छोरी रहेकी छन् । छोरीको धनगढीस्ीित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । 
सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -