स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

बागलुङमा नेकपाको तीनमहिने अभियान

communist party of nepa - The Times Of Nepall -
सेयर गर्नुहोस

१ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङ जिल्ला कमिटीले तीनमहिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानको आज शुभारम्भ गरेको छ ।

शुभारम्भको अवसरमा विश्वमा महामारीका रूपमा फैलिरहको कोरोना भाइरस (कोभिड–१९)बाट बच्नका आज बागलुङ बजारमा सचेतनात्मक अभियान सञ्चालन गरेको थियो । 

अभियानअन्तर्गत विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट बच्ने उपाय तथा लक्षणको विषयमा नेकपा बागलुङले पर्चा छपाएर आम सर्वसाधरणका लागि सचेतना फैलाउँदै हिँड्ने नेकपा जिल्ला कमिटीका अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो ।  

“ पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानका क्रममा कोरोना भाइरससम्बन्धी सचेतनासमेत प्रदान गर्नेछौँ”, सापकोटाले भन्नुभयो “शुभारम्भका अवसरमा बागलुङ बजारमा कोरोना भाइरसबाट बच्ने उपाय तथा लक्षणका बारेमा जनचेतना प्रदान ग¥यौँ ।” 

अभियानअन्तर्गत वडा तहसम्मका कार्यक्रम, भेटघाट तथा सदस्यता शुद्धीकरणलगायतका कार्य गरिने छ । कोरोना भाइरसको प्रकोपका कारण ठूला सभा तथा कार्यक्रम नगर्ने पार्टीको केन्द्रीय निर्णयानुसार भेटघाट तथा सङ्गठन सुदृढीकरणमा विशेष जोड दिने नेकपा जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिनुभयो । 
सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -