स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

काँग्रेसले चार वर्षपछि पायो पदाधिकारी र विभाग

Nepali Congress, NC - नेपाली काँग्रेस
सेयर गर्नुहोस

 १ चैत : नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुङले निर्वाचन भएको चार वर्षपछि पूर्णता पाएको छ । काँग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापाले निर्वाचित भएको चार वर्षपछि पदाधिकारी र विभाग गठन गर्नुभएको हो । सभापतिले आफ्नो कार्यकाल सकेपछि थपिएको समयमा पदाधिकारी थप गर्नुभएको हो । सभापति थापाले निसीखोलाका पुराना नेता तुलासिंह घर्तीमगरलाई उपसभापति, रेशका चित्रबहादुर कार्कीलाई सचिव र जैदीका सीताराम रसाइलीलाई सहसचिवमा मनोनयन गर्नुभएको छ ।

शुक्रबार सभापति थापाले ती नामावली सार्वजनिक गर्नुभएको थियो । फागुन २५ गते र २९ गते बसेको कार्यदलको बैठकपछि यो टुङ्गोमा पुगेको बताइएको छ । सभापतिले २८ विभाग पनि गठन गर्नुभएको छ ।

काँग्रेसको विधानअनुसार सभापतिले निर्वाचित भएको छ महिनाभित्र पदाधिकारी र विभाग गठन गर्नुपर्ने प्रावधान छ । सभापति थापाले अर्को पक्षको सहयोग नभएकाले गठनमा ढिलाइ भएको बताउनुभएको थियो । जिल्ला कार्यसमितिको गत साता बसेको बैठकले सभापति थापासहित पूर्वसभापति मणिभद्र शर्मा, प्रकश पौडेल, उपाध्याय, सचिव नवराज पौडेल, कोषाध्यक्ष उमेश गौतमसहितको कार्यदल गठन गरेको थियो । कार्यदलको दुई पटकको बैठकपछि यो नाम टुङ्गो लागेको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -