स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

लगानी सम्मेलनको तयारीमा प्रदेश नं १

सेयर गर्नुहोस

३० फागुन : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिका कोडीबीच आज यहाँ भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सो भेटवार्तामा राजदूत कोडीले बहुक्षेत्रीय पोषण कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । उहाँले नेपालका लागि सङ्घीयता अवसर भएको बताउँदै यसको व्यवस्थापन र कार्यान्वयनमा केही समय लाग्नु स्वभाविक भएको धारणा व्यक्त गर्नुभयो । सङ्घीयता कार्यान्वयन, कर्मचारी समायोजनलगायत विषयमा राजदूत कोडीले जिज्ञासा राख्नुभयो ।

उहाँले प्रदेश सरकारले गरेका कामको प्रशंसा गर्नाका साथै डिजिटल प्रदेशको अवधारणा राम्रो रहेको बताउनुभयो । सो अवसरमा मुख्यमन्त्री राईले नेपालले सङ्घीयता पहिलोपटक अवलम्बन गरेको र मौलिकतामा आधारित रहेको बताउँदै शून्य संरचनाबाट शुरु भएर यो दुई वर्षमा महत्वपूर्ण आधार कानून निर्माण र आवश्यक संरचना तयार भएका छन् भन्नुभयो ।

प्रदेश तहमा जनशक्ति अभाव रहेको उल्लेख गर्दै उहाँले प्रदेश लोकसेवा आयोग गठन भएकाले समस्या चाँडै समाधान हुने बताउनुभयो । मुख्यमन्त्री राईले प्रदेश सरकारलाले ल्याएको पञ्चवर्षीय आवधिक योजना, १० वर्षे सडक गुरुयोजना सार्वजनिक गरिसकेको बताउँदै साना सिँचाइ, शहरी विकास, पर्यटनको गुरुयोजना र ‘चिफ मिनिस्टर ड्यास बोर्ड’को काम भइरहेको जानकारी दिनुभयो ।

रुपान्तरणकारी योजनाहरुको सूची बनाउँदै लगानी सम्मेलन गर्न प्रदेश सरकारले तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले बालबालिकासम्बन्धी विधेयक प्रदेशसभामा पेश भएको चर्चा गर्दै उक्त विधेयकले बालबालिकाको अधिकार सुनिश्चित हुने बताउनुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रदेशको अवस्था र आवधिक योजनाबारे जानकारी गराउनुभएको थियो । भेटवार्तामा राजदूत कोडीसँग युनिसेफको नेपाल प्रतिनिधि इल्क विचको पनि सहभागिता थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -