स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

श्रीमतीको हत्या आरोपमा पक्राउ

trending news, latest news, hotnews, popular news, criminal case, corruption search, crime
सेयर गर्नुहोस

 २९ फागुन : नेपाल प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले दक्षिणकाली नगरपालिका–२ विगमफाँटमा श्रीमतीको हत्या गरेको आरोपमा खोटाङका ३५ वर्षीय नवीन राईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

वृत्त कीर्तिपुरका प्रमुख प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीले होलीका दिन ३३ वर्षीया पुष्पा राईमाथि कुटपिट गरेर हत्या गर्ने नवीनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

“श्रीमती पुष्पाको कपालमा समातेर घिसारेर कुटपिट गरी हत्या गरेर सडकको किनारा झाडीमा फालेको र उक्त शव भोलिपल्ट बिहान कोठामा ल्याएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो”, उहाँले भन्नुभयो । मृतक पुष्पाको मुख र टाउकोमा चोट लागेको थियो ।

पक्राउ परेका राई लामो समयदेखि बङ्गुरफार्ममा काम गर्दै आएका व्यक्ति हुन् । राईमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्काको नाममा ट्रायल दिने दुई पक्राउ ट्राफिक प्रहरीले अर्काको नाममा सवारी अनुमतिपत्र (लाइसेन्स)को ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले नेपाल ड्राइभिङ सेन्टर चावहिलमा सञ्चालन भएको मोटरसाइकलको ट्रायल दिन गएका कैलालीका जनक न्यौपाने र दार्चुलाका सुभाषसिंह धामीलाई आज दिउँसो पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले अर्काको नाममा आफ्नो फोटो टाँसेर ट्रायल दिन आएको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ परेका न्यौपानेले बाजुराका कुन्का थापाको नाममा आफ्नो फोटो टाँसेर ट्रायल दिन आएको अनुसन्धानमा खुलेको छ ।

धामीले थापालाई ट्रायल पास गरिदिने भन्दै सम्पर्कमा ल्याएर न्यौपानेलाई ट्रायल दिन लगाएको महाशाखाले जनाएको छ । पक्राउ परेका दुवैलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को लिखतसम्बन्धी कसुर अपराधअनुसार थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाएको महाशाखा प्रमुख ढकालले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -