स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

चीनको सिनजियाङमा रेलसेवा शुरु, जनजीवन सामान्य

पाठ्यक्रम विकास केन्द्रले नेपाली अङ्ग्रेजी, फ्रान्सेली, रुसी, जर्मन, स्पेनी, चिनियाँ, हिन्दी, जापानी, बङ्गाली, उर्दू, तिब्बती, संस्कृत, ग्रिक, ल्याटिन, अरबी, पर्सियन, हिब्रु, मैथिली, नेवारी, अवधी, भोजपुरी
सेयर गर्नुहोस

उरुम्की, २९ फागुन – चीनको उत्तरपश्चिम सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा रेलसेवा पुनः शुरु भएको छ । चीनको हुबे प्रान्तमा कोरोनाभाइरसको सङ्क्रमण फैलिएसँग देशका कतिपय भागमा रेल तथा अन्य यातायात सेवा बन्द गरिएका थिए ।

सिनजियाङको राजधानी उरुम्की र सिनजियाङकै हमी, तुर्पान र होर्गोस जोड्ने तिब्र गतिको बुलेट ट्रेनको सेवा बुधबारदेखि शुरु भएको रेल अधिकारीहरुले बताएका छन् । चाइना रेलवेका अनुसार अरु कम गतिका रेलहरुको सेवा पनि चाँडै शुरु हुनेछ ।

सिनजियाङ रेलवे अधिकारीहरुले यात्रुहरुले अनलाइन वा रेलवे स्टेशनमै आएर टिकट किन्न सक्ने बताएका छन् । सिनजियाङका उद्योग धन्दा सबै पूर्ण क्षमतामा सञ्चालन हुन थालेका छन् भने मानिसको दैनिक जीवन सहज भएको छ । सिनजियाङमा लगातार २३ दिनसम्म कोरोनाभाइरसका एक जना पनि रोगी फेला परेका छैनन् । स्थानीय सरकारले कोरोनाभाइरसको सङ्क्रमण सिनजियाङमा देखा नपरेको भन्दै आपतकालीन स्थितिलाई हटाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -