स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

गण्डकी प्रदेशमाआज भएका विभिन्न घटनामा परी चारको मृत्यु

Gandaki Pradesh - The Times Of Nepal
सेयर गर्नुहोस

 २८ फागुन : गण्डकी प्रदेशमा आज भएका विभिन्न घटनामा परी चार जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार तनहुँ जिल्लामा ट्र्याक्टर दुर्घटनामा दुई र रुखबाट खसेर एकको मृत्यु भएको छ भने गोरखामा एक जना मृतावस्थामा भेटिएका छन् ।

तनहुँ जिल्लाको देवघाट गाउँपालिका–५ देउतीखोलास्थित पुरानो बस्तीमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रुखबाट घाँस झार्ने क्रममा अचानक हाँगा भाँचिएर लगभग ३० मिटर तल भुइँमा खस्दा स्थानीयवासी ७० वर्षीय लालबहादुर बोटे साजको मृत्यु भएको हो ।

सोही जिल्लाकै बन्दीपुर गाउँपालिका–५ कोरिकास्थित भित्री सडकखण्डमा बाउनभञ्ज्याङ आज बिहान भएको ट्र्याक्टर दुर्घटनामा परी चालक र सहचालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जनाकारी दिनुभयो ।

उहाँका अनुसार ग१त ४८०८ नं को ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्न जाँदा चालक गोरखा पालुङटार–७ च्याङलीका २१ वर्षीय प्रेमकुमार र बन्दीपुर–४ नयाँपुल बस्ने २३ वर्षीय राजकुमार परियारको उपचारका क्रममा लक्ष्मी अस्पताल डुम्रेमा निधन भएको हो । गोरखा नगरपालिका–१३ स्थित कुँडुले भन्ने स्थानमा आज बिहान नाम तथा वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृतावस्थामा भेटिएका हुन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -