स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

‘पेट्रोलियम पदार्थ, नुन, चिनी र चामलको पर्याप्त मौज्दात छ’

rice-gas - The Times Of nepal
सेयर गर्नुहोस

सरकारले पेट्रोलियम पदार्थ, नुन, चिनी र चामललगायत खाद्यान्नको पर्याप्त मौज्दात रहेको स्पष्ट गर्दै ती सामग्रीको आपूर्तिमा कुनै किसिमको समस्या नरहेको बताएको छ ।

अत्यावश्यक औषधि तथा दैनिक उपभोगका अन्य सामग्रीको आपूर्ति प्रणालीमा कुनै किसिमको प्रभाव पर्न नदिन सरकार सचेत रहेको जनाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ती सामग्रीको अनावश्यक भण्डारण नगर्न र नआत्तिन सम्पूर्ण उपभोक्तामा आग्रह गरेको छ ।

कृत्रिम अभाव सिर्जना गर्ने, वस्तुहरूको मूल्यवृद्धि गर्ने तथा मुनाफा कमाउने ढङ्गले बजारलाई प्रभावित पार्नेहरूविरुद्ध सरकार कठोररूपमा लागेको र निरन्तर बजार अनुगमन गरिरहने दृढता व्यक्त गर्दै मन्त्रालयले आपूर्ति व्यवस्थालाई सहज तुल्याइएको जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा बिहीबार र शुक्रबार मन्त्रालयअन्तर्गतका विभाग, औषधि व्यवस्था विभाग, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्शसहित दैनिक उपभोग्य वस्तुको कारोवार गर्ने व्यवसायीको सङ्गठनका उच्च प्रतिनिधिसँग छलफल भएको जानकारी दिँदै उक्त मन्त्रालयले सबै उद्यमी–व्यवसायीले उपभोक्ता हितलाई केन्द्रमा राखेर व्यापार–व्यवसाय गर्ने र अनुगमन टोलीलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका बताएको छ ।

विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट नेपालसमेत उच्च जोखिममा रहेको सन्दर्भमा सरकारले उपभोक्तालाई नआत्तिन तर पूर्ण सतर्कता र सावधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले आज एक प्रेस वक्तव्य निकालेर ‘मास्क र स्यानिटाइजर’ को खपत बढी मात्रामा भएको र तिनको मौज्दातसमेत राख्ने प्रवृत्ति बढेकाले त्यसो नगर्न सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको छ । मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २५ हजार ६६९ मेट्रिक टन चामल मौज्दात रहेको बताएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+टीओएन

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -