स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

कोरोना भाइरसबाट सुरक्षित हुन कोरिएन एअरलाइन्सद्वारा यात्रुको स्वास्थ्य परीक्षण गर्न सुरु

korean-air - The Times Of Nepal
सेयर गर्नुहोस

२२ फागुन, काठमाडौं । कोरिएन एअरलाइन्सले मार्च ५ अर्थात आज बिहीबार देखि दक्षिण कोरियाको इन्चेन विमानस्थलबाट हुने हरेक उडानहरुमार्फत् यात्रा गर्ने यात्रुहरुको तापक्रम नाप्ने भएको छ ।

कोरोना भाइरसको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै यात्रुको तापक्रम नाप्न सुरु गरिएको कोरिएन एअरलाइन्सले जानकारी दिएको छ ।एयरलाइन्सले इन्चेनबाट हुने हरेक अन्तर्राष्ट्रिय उडानअघि बोर्डिङ गेटबाटै यात्रुहरुको थर्मल इमजिङ क्यामेरा र हाते थर्मोमिटरमार्फत् तापक्रम नाप्ने जनाएको छ ।

तापक्रम नाप्नेक्रममा ३७.५ डिग्री भन्दा बढी तापक्रम मापन भएमा कोरोनाको लक्षण मान्दै बोर्डिङ नगर्ने भएको छ ।

कोरिएन एअरलाइन्सले यो कामका लागि ८ वटा थर्मल इमेजिङ क्यामराको प्रयोग गरिरहेको जनाएको छ ।

यसअघि फेब्रुअरी २९ देखि नै इन्चेनबाट अमेरिका उडान भर्ने यात्रुहरुको तापक्रम नाप्न उक्त एयरलाइन्सले सुरुवात गरिसकेको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -