स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

राजपाद्वारा प्रमको शीघ्र स्वास्थ्यलाभको कामना

PM KP sharma Oli
सेयर गर्नुहोस

२१ फागुन : राष्टिय जनता पार्टी (राजपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण भएकोमा शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । राजपा अध्यक्ष मण्डलको आज भएको बैठकले स्वदेशमै प्रधानमन्त्रीको सफल मिर्गौलाको प्रत्यारोपण भएकोप्रति खुशी व्यक्त गर्दै उहाँको स्वास्थ्यलाभको कामना गरेको हो ।

राजपाका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवको अध्यक्षतामा बसेको उक्त बैठकले कोरोनाका भाइरसको सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउन आम जनसमुदायलाई अपिल गरेको छ । राजपाले रङ्गको पर्व होलीको पावन अवसरमा सु–स्वास्थ्य र दिर्घायुको कामना गर्दै चिकित्सकीय सल्लाह अनुसारको होली पर्व सचेतनापूर्वक मनाउन आग्रह पनि गरेको छ । साथै, सङ्घीय सरकारलाई प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी कोरोनाको सम्भावित रोकथाममा लाग्न सचेत गराएको राजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -