स्वागतम्,
Tuesday 23rd April 2024   |   Switch to English
Times of Nepal

कसरि बच्ने कोरोना संक्रमणबाट ? स्वास्थ्य विज्ञका महत्वपुर्ण सुझाव

सेयर गर्नुहोस

कोरोना भाइरस भनेको के हो?

यो जनावरबाट सर्ने एक प्रकारको भाइरस हो। तर नयाँ भाइरस मानिसबाट मानिसमा सरेको पनि पुष्टि भएको छ चीनमा । अहिले संक्रमण फैलिएको भाइरस कोरोना समूहका अन्य भाइरसहरुसँग नमिल्ने भएकाले यसलाई २०१९ नोभेल कोरोना भाइरस नाम दिइएको छ। यसको बारेमा अहिलेसम्म पनि त्यति स्पष्ट हुन सकेको अवस्था छैन ।

कस्ता लक्षण देखा पर्छन्?

कोरोना भाइरसको संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने जस्ता लक्षण देखिन सक्छन्।
यसको लक्षण फ्लूसँग मिल्दोजुल्दो हुने भएकाले रुघाखोकी लागेका व्यक्तिबाट हामी सतर्क हुनु पर्छ।

कोरोना संक्रमणबाट बच्नका लागि डा. रवीन्द्र पाण्डेको सुझाव  

  • कोरोना कमजोर भाइरस हो । यसको संक्रमण सबैलाई हुँदैन । दीर्घ रोगी, बृद्धबृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ ।
  • कोरोना सर्यो भनेपनि आत्तिनु पर्दैन । यसको मृत्युदर निकै कम छ । १ सय जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ । सामान्य  रुघाखोकीले विश्वमा प्रत्येक बर्ष ४ लाख ५० हजार व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन ।
  • कोरोना संक्रमणको औषधि छैन । तसर्थ उपचारमा धेरै खर्च हुँदैन । ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने,      मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने । गाह्रो भएमात्र अस्पताल जाने ।
  • कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ । तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन
  • सहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हो । गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ ।
  • विश्वासिलो मिडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा  अनावश्यक मानसिक दवाव झेल्नु पर्दैन
  • बजारमा मास्कको अभाव छ । कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ । बराबर हात धुने, सफा रहने ग¥यो भने कोरोना संक्रमण सर्दैन । तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन । मास्क भन्दा पंजा महत्त्वपूर्ण छ ।
  • बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट (कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ ।
  • कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर (टेन्ट) आदिमा राखेर उपचार गर्छन् । विश्व स्वास्थ्य       संगठन, विदेशी स्वयमसेवी संस्था, विदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन् ।
  • कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो । हामीकहाँ गर्मी सुरु भएको छ । तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ
  • कोरोना भाइरस विरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ ।
  • क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो । तसर्थ डराउनु पर्दैन ।
  • यसको रोकथाम हाम्रो हातमा छ । भिडभाडमा नजाने, हात धोइरहने, बिना काम घर बाहिर नजाने गर्दा ९० प्रतिशत रोकथाम हुन्छ ।

कोरोनाको कारण, नतिजा र फैलावट वैज्ञानिकले अनुमान गरेभन्दा बाहिर छ । नेपालीहरुको ‘इम्युनिटी पावर’ बढी भएको तर्क गलत  छ ‘अहिले नै त्यो भन्न सकिने अवस्था छैन, एकजनामा संक्रमण फैलिएमा राज्यले भयावह रोक्न सक्दैन। विश्वव्यापी बन्दै गएको कोरोना फैलन मानिसहरु ओहोर–दोहोरको कारणले पनि महत्वपूर्ण भूमिका खेल्छ । एउटै मान्छे विभिन्न देशको ट्रान्जिट बनाएर यात्रा गर्दा भाइरस सर्न सक्छ । २ देखि १० दिनको अवधिमा भाइरस संक्रमण हुने भएकाले विमानस्थलमा जति नै कडाइ गरे पनि संक्रमण भएको थाहा नहुन सक्छ । सोही कारण डब्लुएचओले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको हुन सक्द्छ।  सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषण डाक्टर पुन दीक्षितको तर्कलाई समर्थन गर्दै भिजिट नेपाल २०२० का कारणले पनि नेपाललाई डब्लुएचओले उच्च जोखिमका रुपमा राखेको बताउँछन् । भलै, सरकारले भिजिट नेपाल २०२० लाई स्थगन गर्ने निर्णय गरेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+ॠषि पोखरेल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -