स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

संवैधानिक आयोगका सुझावलाई कार्यान्वयन गर्छौं : मुख्यमन्त्री भट्ट

सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट - The Times of Nepal
सेयर गर्नुहोस

२१ फागुन : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संवैधानिक आयोगका सुझावलाई प्रदेश सरकारले कार्यान्वयन गर्ने बताउनुभएको छ । आज मधेशी आयोगले आयोजना गरेको कैलाली र कञ्चनपुर जिल्लाका स्थानीय तहमा मधेश समुदाय लक्षित कार्यक्रमसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले आयोगका सुझावलाई सङ्घीय सरकारको सिफारिस र सुझाव निष्पक्षरुपमा प्रदेश सरकारले लागू गर्ने बताउनुभयो ।

मुख्यमन्त्री भट्टले परिवर्तनका ठूला कुरा गर्नुभन्दा साहस देखाएर अघि बढ्नुपर्ने बताउँदै समाजमा देखिएका सबैखाले विभेद, विकृति, विसङ्गतिको अन्त्य गर्नमा सबैले एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले समाजलाई उत्तेजिततर्फ बनाउनुभन्दा व्यवस्थित गर्नतिर छलफल चलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले लक्षित समुदायका समस्यालाई पहिचान गरी प्राथमिकीकरण गरेर काम गर्नुपर्ने सुझाव दिनुभयो ।

समाजमा चित्त बुझे राम्रो, नभए नराम्रो भन्ने प्रवृत्ति बढेर गएकामा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री भट्टले असन्तुष्टि बढेपछि द्वन्द्व सिर्जना हुने बताउनुभयो । उहाँले संविधानमा भएका व्यवस्थालाई लागू गर्न सरकारको मात्र भूमिका नभई सरोकारवाला पनि जिम्मेवार रहेको बताउनुभयोे । मुख्यमन्त्रीले आदिवासी, मधेशी, गरीब, विपन्न तथा उत्पीडित वर्गको आर्थिक–सामाजिक स्तर र जीविकोपार्जनमा सहयोग पु¥याउन तीनवटै तहका सरकारले कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -