स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

पार्टी भ्रष्टाचार विरुद्ध उभिनुपर्छ : वरिष्ठ नेता पौडेल

सेयर गर्नुहोस

२० फागुन : नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा भएको भ्रष्टाचारको विरुद्ध पार्टी सशक्त रुपमा उभिनुपर्ने बताउनुभएको छ । पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरद्वारा आज यहाँ आयोजित सम्मान समर्पण समारोहमा उहाँले सेक्युरिटी प्रेस र वाइड वडी जहाजको अनियमितता विरुद्ध सदन र सडकमा आफ्नो उपस्थिति देखाउनुपर्ने बताउनुभयो ।

नेता पौडेलले जनताले ठूलो त्यागबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि प्रतिपक्षको रुपमा पार्टीले सक्रिय भूमिका निभाउनुपर्ने बताउनुभयो । उहाँले पद बाँडेर पार्टी बलियो नहुने चर्चा गर्दै भातृ सङ्गठनको अधिवेशन गरेर स्वच्छ छवि भएका प्रतिनिधिको चयन गर्नुपर्छ भन्नुभयो ।

नेता पौडेलले “पार्टीभित्रको विमति नीतिगत र प्रक्रियागतको आधारमा हो, व्यक्तिको होइन”, वरिष्ठ नेता पौडेलले भन्नुभया, “पार्टी जोगाउन पूर्वाग्रह नराखी सहमति गर्न म सबैलाई आग्रह गर्दछु ।” उहाँले पार्टीलाई जनताको भरोसाको पार्टी बनाउन नेतृत्व तह लाग्नुुपर्नेमा जोड दिनुुभयो । समारोहमा नेता पौडेलले समाजसेवी एवं पूर्वराजदूत गोपालप्रसाद शर्मालाई सम्मान गर्नुभयो ।

नेपाली काँग्रेस, प्रदेश नं १ प्रमुख सचेतक केदार कार्कीले कार्यकर्ताले जनताको घरदैलोमा पदका लागि नभई सुखदुःखमा सहभागी हुन आग्रह गर्दै विधानअनुसार पार्टी सञ्चालन नभएमा समाप्त हुने धारणा राख्नुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सदस्य महेश आचार्यले पिताजी कृष्णप्रसाद कोइरालाले मुलुकमा प्रजातन्त्र स्थापनाको लागि ठूलो त्याग गर्नुभएको स्मरण गर्नुभयो ।

अर्का केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्र रहेका कमीकमजोरी सुधार गरी विधान सम्मत हिड्न नेतृत्वलाई आग्रह गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य महेश रेग्मीले अध्यारो समाजलाई शैक्षिक, राजनैतिक, चेतना र आर्थिक रुपमा चेतना जागृत गराउन स्व कोइरालाले आफ्नो जीवन सपर्मण गर्नुभएको स्मरण गर्नुभयो ।

परिषद्का अध्यक्ष अशोक कोइराला, नेका केन्द्रीय सदस्य अमृत अर्याल, विराटनगर उपमहानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, सम्मानित व्यक्तित्व शर्मा र दधिराज सुुवेदीले शिक्षाको विकास र प्रजातन्त्र स्थापनका स्व कोइरालाले खेल्नुुुुभएको भुूमिकाबारेमा चर्चा गर्नुुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -