स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

सिसी क्यामराको निगरानीमा आँबुखैरेनी बजार

Gandaki Pradesh - The Times Of Nepal
सेयर गर्नुहोस

१९ फागुन : गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनी बजारको निगरानी सिसी क्यामराबाट शुरु गरिएको छ । बजारको शान्ति सुरक्षालाई मध्यनजर गर्दै आँबुखैरेनी गाउँपालिका २ र ३ का विभिन्न स्थानमा सिसी क्यामरा जडान गरिएको हो ।

आँबुखैरेनी गाउँपालिका र तनहुँ उद्योग वाणिज्य सङ्घको सहयोगमा गत वर्ष मुख्य बजार क्षेत्रमा १७ वटा सिसी क्यामरा जडान गरिएकोमा यस वर्ष गाउँपालिकाकै सहयोगमा आँबुखैरेनी गाउँपालिका २ र ३ मा थप १२ क्यामरा जडान गरिएको छ । सिसी क्यामराको कन्ट्रोल रुम इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको छ ।

बजार क्षेत्रमा जडान गरिएको क्यामराले दुर्घटना न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न सहयोग पु¥याएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक वुद्धि सुवेदीले जानकारी दिनुभयो । “बजार क्षेत्रमा जडान गरिएका २९ सिसी क्यामरामार्फत बजारको निगरानी गरिरहेका छाँै”, उहाँले भन्नुभयो, “सिसी क्यामराले समाजमा शान्ति र अमनचमन कायम गर्न सहयोग पु¥याउँछ ।” प्रहरीले सिसी क्यामराको माध्यमबाट चौबिसैँ घण्टा राजमार्ग, मुख्यबजार र संवेदनशील क्षेत्रको निगरानी गरिरहेको जनाएको छ ।

यसैगरी शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानमा १९ सिसी क्यामरा जडान गरिएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्र र राजमार्गमा सिसी क्यामरा जडान गरिएको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख त्रिलोचन लम्सालले जानकारी दिनुभयो । शुक्लागण्डकी नगरपालिकाको शेराटार, खैरेनीटार बजार, दुलेगौँडा बजार, कोत्रे, ढोरफिर्दी, वडा नं ८ को वडा कार्यालय, गणेश टोल तथा हिमालीटोलको बीच भाग, इलाका प्रहरी कार्यालयलगायतका ठाउँमा सिसी क्यामरा जडान गरिएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -