स्वागतम्,
Wednesday 24th April 2024   |   Switch to English
Times of Nepal

राष्ट्रपति विद्यादेवी भण्डारीप्रति राना–थारू समुदायद्वारा आभार प्रकट

राष्ट्रपति विद्यादेवी भण्डारी - The Times Of Nepal
सेयर गर्नुहोस

१७ फागुन : राना–थारु समुदायलाई आदिवासी जनजातिको सूचीमा छुट्टै सूचीकृतका लागि अहम् भूमिमा निर्वाह गरेको भन्दै नेपाल राना–थारू समाज केन्द्रीय कार्यसमितिका सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आभार प्रकट गरेका छन् ।

कैलालीको धनगढीस्थित नेपाल राष्ट्र बैंकको गेष्टहाउसमा राष्ट्रपति भण्डारीलाई भेटेर प्रतिनिधिसभाका सांसद नारदमुनि राना र समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानालगायत राना–थारु समुदायका ३२ अगुवाले आभार प्रकट गरेका हुन् । राष्ट्रपति भण्डारीलाई समाजका तर्फबाट मायाको चिनोस्वरुप राना–थारू समुदायको विशेष पहिचान झल्किने शिल्पकलामा आधारित फुलवान (डल्वा) समेत प्रदान गरिएको समाजका अध्यक्ष रानाले बताउनुभयो ।

राष्ट्रपतिसँगको भेटमा आगामी राष्ट्रिय जनगणना २०७८ मा राना–थारू समुदायको गणनासँगै भाषिक जनगणना गर्न, राना–थारु आयोग गठन गर्न र अन्य आदिवासी जनजातिसरह अधिकारको मागका लागि विशेष पहल गरिदिन अनुरोध गरका छौँ । उहाँले भन्नुभयो, “राना–थारू समुदायका महत्वपूर्ण पर्वहरुमा सार्वजिक बिदाका लागि सरकारसँग पहल गरिदिन अनुरोध गरेका छौँ ।” राष्ट्रपतिले विशिष्ट पहिचान बोकेको राना–थारू समुदायले उठाएका माग सरकारसमक्ष राख्ने अश्वासन दिएको उहाँले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -