स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

पर्यटकीय क्षेत्रको विकासका लागि कार्य अगाडि बढेका छन् : मुख्यमन्त्री भट्ट

सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट - The Times of Nepal
सेयर गर्नुहोस

१६ फागुन : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पर्यटकीय क्षेत्रको विकासका लागि योजना अघि सारिएको बताउनुभएको छ ।

आज तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवमा आयोजित कार्यक्रममा उहाँले पर्यटकीय क्षेत्रको विकासका लागि पाँच वटा करिडोरका रूपमा कार्य अगाडि बढाइएको बताउनुभयो । तराई, पहाड र हिमालसम्मका कला संस्कृति, प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र, ऐतिहासिक क्षेत्रको पहिचानसँगै विकासका कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो ।

होमस्टे (घरबास) सञ्चालन गरी रोजगारीका अवसर सिर्जना गर्ने प्रदेश सरकारको लक्ष्य रहेको उहाँले बताउनुभयो । कञ्चनपुरको महाकाली नगरपालिकामा निर्माण हुने सुक्खा बन्दरगाहको कार्य अगाडि बढाइनुपर्ने चर्चा गर्दै उहाँले सुक्खा बन्दरगाह निर्माण भए यस क्षेत्रको विकासको ढोका खुल्ने बताउनुभयो ।

“प्रदेशका सबै जनतासम्म स्वास्थ्य सेवा पुगोस् भन्ने चाहना छ”, उहाँले भन्नुभयो, “महाकाली अस्पताललाई प्रदेश अस्पतालका रूपमा विकास गरी सहजरूपमा स्वास्थ्य सेवा पु¥याइने छ ।” एकात्मक राज्यबाट पछाडि पारिएको यो क्षेत्रले पनि विकासमा फड्को मार्ने उहाँको भनाइ थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -