स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

विकास र समृद्धि नेपाली जनताको हातमा छ : मुख्यमन्त्री राई

सेयर गर्नुहोस

१६ फागुन : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वर्तमान अवस्थामा नेपाली जनता स्वयं सार्वभौम रहेका कारण अहिले देशको विकास र समृद्धि पनि नेपाली जनताको हातमा रहेको कुरा बताउनुभएको छ ।

आज उदयपुर जिल्लाको रौतमाई गाउँपालिकास्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल रौता पोखरी क्षेत्र आसपासमा रणसार्दूृल गण नेपाली सेनाद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा उहाँले विकसित मुलुकमा हिजोको इतिहास हेर्दा शुरुमा उनीहरुले हातेमालो गरेर नै आज विकासित बन्न पुगेको धारणा राख्नुभयो । मुख्यमन्त्री राईले नेपालमा पनि धेरै साधनस्रोत रहेका कारण जनताले हातेमालो गरेर अगाडि बढे नेपाल १० वर्षभित्र दक्षिण एशियाको समृद्ध राष्ट्र बन्न सक्ने जिकिर गर्नुभयो ।

सरकारको मात्र मुख ताक्नुभन्दा जनताले पनि हातेमालो गरेर अगाडि बढ्न प्रयास गर्दै सरकारलाई सहयोग गरे नेपालमा विकासले फड्को मार्ने उहाँको भनाइ थियो । नेपाली सेनाले सरकारलाई देशको सुरक्षा गर्न र विकास गर्न ठूलो सहयोग गरिरहेको भन्दै सेनाको विकास कार्यको मुख्यमन्त्री राईले खुलेर प्रशंसा गर्नुभएको छ ।

कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाले नेपाली सेना देश र नेपाली जनताको साझा सेना भएको कारण देशको रक्षा गर्न र देश विकासमा जनता र सरकारलाई सहयोग गर्दै आएको भन्दै जहिल्यै पनि विकासमा हातमालो गर्न सेना तयार रहेको बताउनुभयो ।

आज नेपाली सेनाको संयोजकत्वमा उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौता क्षेत्रको ५०० रोपनी क्षेत्रफल जग्गामा नेपाली सेनाले छ हजार ३०० बिरुवा रोपेर रौता क्षेत्रलाई हरितकण विकासमा अगाडि बढाएको सेनाले बताएको छ ।

रौतामा गरिएका वृक्षारोपणका बिरुवामा नास्पाति, तेजपात र टिम्मुर प्रजातिका बिरुवा रहेको नेपाली सेना रणसार्दूल गण गाईघाट बोक्सेका प्रमुख भैरवबहादुर थापाले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -