स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक

सेयर गर्नुहोस

१६ फागुन : माछापुच्छे« त्रिशक्ति युनाइटेड क्लब लाहाचोकले गण्डकी प्रदेश क्लबस्तरीय खुला फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको छ ।

प्रतियोगितामा कूल रु नौ लाख ८८ हजार ५३२ आम्दानी भइ र सञ्चालन खर्च कटाएर रु १७ हजार २१५ बचत भएको कार्यक्रम संयोजक राजेन्द्र गौतमले जानकारी दिनुभयो । प्रतियोगिताबाट बचत भएकाको १० प्रतिशत मिर्गौलापीडित हरिलाल परियारलाई सहयोग गरेको क्लबले जनाएको छ । प्रतियोगिताका विजेतालाई रु एक लाख ५५ हजार ५५५, उपविजेतालाई रु ७७ हजार ७७७ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

‘राष्ट्रिय गौरव तथा स्वस्थ नागरिकका लागि खेलकूद’ भन्ने नाराका साथ गत माघ १ गतेदेखि ६ गतेसम्म यहाँ प्रतियोगिता सम्न्न भएकोे थियो । माछापुच्छ«े गाउँपालिका वडा नं ४ का अध्यक्ष पूर्णबहादुर शाहीले गाउँपालिकामा स्तरीय खेलमैदान बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सदस्य रामचन्द्र अधिकारीले दक्ष खेलाडी तयार गर्ने गरी क्रियाशील बन्न आग्रह गर्नुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -