स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने

President of Nepal - The Times Of Nepal - TON
सेयर गर्नुहोस

१२ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन १५ गते बैतडी आउने हुनुभएको छ । राष्ट्रपति भण्डारीले १५ गते दिउँसो २ बजे त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले त्रिपुरासुन्दरीमा पूजाआजा गरिसकेपछि दशरथचन्द नगरपालिकाले उहाँलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले दिउँसो ३ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको नवनिर्मित भवन र छात्राबासको उद्घाटन गर्ने कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

यसका साथै पाटन नगरपालिका र सम्पूर्ण जिल्लाबासीको तर्फबाट पाटनमै नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

यसअघि १५ गते बिहान दार्चुलाको शैल्यशिखर मालिकार्जुन धाममा पनि राष्ट्रपतिले विशेष पूजाआजा गर्नुहुने कार्यक्रम छ । राष्ट्रपति भण्डारी पहिलो पटक बैतडी आउन लाग्नुभएको हो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -