स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

खेल क्षेत्रमा उच्च लगानी रहेको छ : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई
सेयर गर्नुहोस

११ फागुन : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई खेलकूदको राजधानीका रूपमा विकास गर्ने गरी काम भइरहेको जानकारी दिनुभएको छ । तेस्रो मदन भण्डारी स्मृति कप पुरुष भलिबल प्रतियोगिताको समापन समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले खेलक्षेत्रमा रु ४२ करोड लगानी गरेको जानकारी दिनुभयो ।
सोलुखुम्बुमा निर्माणाधीन अवस्थामा रहेको कभर्डहललाई उदाहरणका रूपमा प्रस्तुत गर्दै मुख्यमन्त्री राईले सयाँै हल निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो । प्रदेश नं १ लाई समृद्ध बनाउने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो, “समृद्ध नेपाल, सुखी नेपाली को नाराले सार्थकता पाउने गरी काम भइरहेको छ । ”

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -