स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

ट्रमा कर्नर स्थापना गर्दै प्रदेश सरकार

Sudurpashchim Pradesh - The Times Of Nepal
सेयर गर्नुहोस

१० फागुन : सुदूरपश्चिम प्रदेश सरकारले जोरायल गाउँपालिका–२ बुडरमा ट्रमा कर्नर स्थापना गर्न थालेको छ । दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पतालमा पठाउन सक्ने गरी प्राथमिक उपचार केन्द्रका रुपमा प्रदेश सरकारले बुडरस्थित छतिवन स्वास्थ्य चौकीमा ट्रमा कर्नर स्थापना गर्न लागेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

ट्रमा कर्नर स्थापनाका लागि रु एक लाख ७० हजार बजेट विनियोजन गरिएको छ । दुर्घटनामा परेका व्यक्तिलाई तत्काल प्राथमिक उपचार गरी थप उपचारका लागि ठूला अस्पतालमा पठाउने गरी सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने एक मात्र प्रमुख भीमदत्त राजमार्गमा पर्ने उक्त स्वास्थ्यचौकीमा ट्रमा कर्नर स्थापन गर्न लागिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालयका डा भूषण मिश्रले बताउनुभयो ।

उहाँले भन्नुभयो, “राजमार्ग नजिक रहेका स्वास्थ्यचौकीमा ट्रमा कर्नर खोल्ने सरकारको नीतिअनुसार हामीले पनि बुडरमा ट्रमा कर्नर खोल्ने तयारी गरेका छौँ, दुर्घटनामा परेकालाई राहत हुनेछ ।” बुडरमा ट्रमा कर्नर स्थापना हुने भएपछि राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई निकै राहत हुने जोरायल गाउँपालिका–२ बुडरका गणेशबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “यो राजमार्गका विभिन्न ठाउँमा जहिले पनि ठूल्ठूला सवारी दुर्घटना हुने गर्दछन्, समयमै उपचार नपाउँदा कतिपयको ज्यान नै जाने गरेको छ, ट्रमा कर्नर स्थापना भएपछि घाइतेलाइ राहत हुने छ ।” बुडरमा ट्रमा कर्नर स्थापना हुने भएपछि स्थानीयवासी निकै खुुशी भएको स्थानीय शिक्षक चन्द्रबहादुर भण्डारीले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारले डोटीको बुडरस्थित छतिवन स्वास्थ्यचौकी, यहाँका अन्य पहाडी जिल्ला बैतडीको सिद्धेश्वर स्वास्थ्यचौकी, बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्र र बाजुराको बह्मतोला स्वास्थ्यचौकीमा पनि ट्रमा कर्नर स्थापना गर्ने निर्णय गरेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -