स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

लायन्स क्लबको सहयोगमा विद्यालय भवन

सेयर गर्नुहोस

९ फागुन : लायन्स क्लब इन्टरनेशनलको सहयोगमा तनहुँको व्यास नगरपालिका–१२ स्थित अमरज्योति माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ ।
रु दुई करोड सहयोगमा विद्यालयको आठ कोठे भवन निर्माण सम्पन्न भएको हो । गतवर्षको फागुन ७ गते शिलान्यास भएको उक्त भवनको बिहीबार लायन्स क्लब अफ नेपाल ३२५ का एरिया लिडर बालकृष्ण बुर्लाकोटी र क्लबका डिष्ट्रिक गर्भनर इन्दु लम्सालले उद्घाटन गर्नुभयो । विसं २०७२ सालको भूकम्पले क्षति पुगेको भवन निर्माणका लागि लायन्स क्लब इन्टरनेशनले आर्थिक सहयोग गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित भण्डारीले नयाँ भवन निर्माण भएसँगै पठनपाठनमा सहजता हुने जानकारी दिनुभयो ।
लायन्स क्लबले अपाङ्गता भएकालाई ह्विलचियर, न्यून दृष्टियुक्त व्यक्तिलाई सेतो छडी र बहिरा व्यक्तिलाई श्रवणयन्त्र वितरणसमेत गरिरहेको छ । यसअघि लायन्स क्लबकै सक्रियतामा व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा विज्ञान प्रयोगशालाका लागि रु एक करोड आर्थिक सहयोग र दमौली अस्पताललाई रु १६ लाख बराबरको उपकरण हस्तान्तरण भएको थियो ।
सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना
तनहुँको भीमाद नगरपालिका–८ कोखेस्थित हिमालयन माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । पढ्ने बानीको विकास गराउने उद्देश्यसहित लायन्स क्लब अफ पोखरा ग्रिन हिल र मोनाराम फाउण्डेशनको सहयोगमा विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो ।

पुस्तकालय स्थापनाका लागि ग्रिनहिल र मोनाराम फाउण्डेशनले रु एक लाख ५० हजार सहयोग गरेको छ । पुस्तकालयमा रु ५० हजार बराबरको पुस्तक सहयोग गरिएको छ भने थप पुस्तक खरिद गर्न र पुस्तकालयको स्तरोन्नतिका लागि रु एक लाख बराबरको अक्षयकोष स्थापना गरिएको लायन्स क्लब अफ पोखरा ग्रिनहिलका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अक्षयकोषबाट प्राप्त हुने व्याजबाट पुस्तकालयका लागि आवश्यक पर्ने पुस्तक खरिद गर्न सकिनेछ ।

उक्त पुस्तकालयको बिहीबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले पुस्तकले मानिसलाई अध्ययनशील बनाउने भएकाले विद्यालयमा स्थापना गरिएको पुस्तकालयको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

पुस्तकालयमा विद्यार्थी, शिक्षक तथा सर्वसाधारणलाई मध्यनजर गरी विभिन्न ज्ञानमूलक पुस्तक राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिप्रसाद शर्माले जानकारी दिनुभयो । विद्यालयमा २५० विद्यार्थी , २० शिक्षक तथा कर्मचारी छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -