स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

आर्थिक समृद्धिमा प्राविधिक शिक्षा आवश्यक : मन्त्री विश्वकर्मा

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा
सेयर गर्नुहोस

८ फागुन : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको विकास र उन्नतिका लागि प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभएको छ । राइनास नगरपालिका–९ मोहोरियाकोटमा हीरक महोत्सव तथा भैरव माध्यमिक विद्यालयको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै उहाँले प्राविधिक शिक्षाले आर्थिक समृद्धि हासिल गर्न सजिलो हुने छ भन्नुभयो ।
मन्त्री विश्वकर्माले भन्नुभयो, “खेलकूदको माध्यमबाट समाज, राष्ट्रलाई नै विश्वमा कीर्तिमान राख्न टेवा पु¥याइरहेको छ । खेलकूदको लागिसमेत पप्र्यात बजेत छुट्याइएको र सबै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रङ्गशाला निर्माण गर्नेतर्फ सरकार अघि बढेको उहाँले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका सांसद मायानाथ अधिकारी, प्रदेश सांसद धनञ्जय दवाडी, प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्कालगायतले सरकारले लिएको मुलुक समृद्ध बनाउनका लागि प्राविधिक शिक्षा हुनुपर्नेमा जोड दिनुभएको थियो ।
चीन सरकारको रु ८३ करोड लगानीमा चार तले सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा ३० कक्षाकोठा, २० होस्टेल कोठा, १० शिक्षक स्टाफ कोठा लागत ६८ कोठा रहेको छ । २०१४ सालमा स्थापना भएको यस विद्यालय २०७२ साल वैशाखको विनाशकारी भूकम्पले क्षति पु¥याएपछि टहरामा पढ्न बाध्य हुँदै आएका विद्यार्थी यस भवनमा पठनपाठन गर्न पाउँदा खुशी भएका छन् । विद्यालयमा करिब तीन विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -