स्वागतम्,
Friday 29th March 2024   |   Switch to English
Times of Nepal

राज्यमन्त्री दुगडबाट कृषि, पर्यटन, जलविद्युत् र ऊर्जामा लगानी गर्न आग्रह

सेयर गर्नुहोस

६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले संयुक्त अरब इमिरेट्स (युएइ) का ऊर्जा तथा उद्योगमन्त्री सुहाइल मोहमेद फराज अल मजुरेइसँग भेटघाट गर्नुभएको छ । राज्यमन्त्री दुगड दुबई राजधानी शहरमा आगामी अक्टोबर २० (विसं २०७७ कात्तिक ४)देखि करीब छ महिनासम्म आयोजना हुने एक्सपो २०२० को तयारीका सिलसिलामा गत शनिबार युएइ जानुभएको हो । सो मेलाको नारा ‘मनहरु जोड्दैः भविष्य सिर्जना गर्दै’ भन्ने रहने छ ।
उहाँहरुबीचको भेटमा द्विपक्षीय सम्बन्धका साथै दुई मुलुकले जलविद्युत् नवीकरण र ऊर्जा तथा पर्यटन क्षेत्रका विकासमा लगानी गर्न सक्ने विषयमा छलफल भएको थियो । राज्यमन्त्री दुगडले नेपालमा कृषि, पर्यटन, जलविद्युत्, ऊर्जालगायत क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै युएइ सरकारलाई नेपालमा लगानीका लागि आह्वान पनि गर्नुभयो । सो अवसरमा युएइका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र दूतावासका पदाधिकारीको समेत उपस्थिति थियो ।
यसअघि सन् २०१५ मा मिलान, २०१७ मा नुर–सुल्तान र २०१९ मा बेजिङ भएको त्यस्तै एक्सो २०२३ मा ब्युनस आयर्स र २०२५ मा ओसाकामा हुने जनाइएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -