स्वागतम्,
Thursday 18th April 2024   |   Switch to English
Times of Nepal

साताको अन्तिम दिन नेप्से घट्यो

शेयर - The Times Of Nepal
सेयर गर्नुहोस

१ फागुन : साताको अन्तिम दिन धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १.३९ अंकले घटेर एक हजार ३४४.५९ मा पुुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.३२ अंकले घटेर २८४.२४ मा रोकिएको छ । स्टकका अनुसार कूल १७२ कमपनीको ३७ लाख २० हजार ९२ कित्ता शेयर रु एक अर्ब ७७ करोड ३८ लाख पाँच हजार ७४६ मा खरिदबिक्री भयो । कारोवार भएका कूल १२ मध्ये पाँच उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ८.९४ अंकले घट्दा होटल ३१.४३, विकास बैंक ८.६२, जलविद्युत् ३.४७ र सामूहिक लगानी कोषको शेयर ०.०५ अंकले ओरालो लागेको छ । व्यापार २३.८९ अंकले बढ्दा वित्त ०.१८, निर्जीवन बीमा ५५.९२, उत्पादन ३८.६६, अन्य ०.२४, लघुवित्त २९.५४ र जीवन बीमा उपसमूहको शेयर १०२.७४ मा खरिदबिक्री भयो ।

कारोवार रकमका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु १२ करोड ४६ लाख ६४१ मा खरिदबिक्री भयो । शिवम् सिमेन्टको रु नौ करोड ७५ लाख ३४ हजार ३८८, एसियन लाइफ इन्स्योरेन्सको रु छ करोड ५१ लख ८२ हजार ७७६, नागरिक लगानी कोषको रु ५ करोड ८२ लाख ४८ हजार २७६, एनआइसी एसियाको रु पाँच करोड एक लाख ३६ हजार ३४८ र नेपाल इस्योरेन्स कम्पनीको शेयर रु चार करोड ८८ लाख ५२९ मा खरिदबिक्री भयो ।

परिसूचक घटेपनि हिमालयन डिष्टिलरीका शेयरधनीले सबैभन्दा बढी ९.९३ प्रतिशतले कमाए । यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ८.९३, राधी विद्युत् कम्पनी ७.४८, एनएलजी इन्स्योरेन्स ६.४०, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ५.६२ र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.५२ प्रतिशतले कमाए ।

नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले सबैभन्दा बढी ५.१० प्रतिशतले गुमाए । यस्तै ओरियन्टल होटल ४.९२, कालिका पावर कम्पनी ४.६७, ग्रीन डेभलपमेन्ट बैंक ४.१६, लक्ष्मी इक्विटी फण्ड ३.७२, कर्पोरेट डेभलपमेन्ट बैंक ३.६२ र युनियन हाइड्रोपावरका शेयरधनीले ३.४४ प्रतिशतले गुमाए ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -