स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

मानव सभ्यताको ईतिहास देखि वर्तमान विश्वविद्यालय सम्म पुग्दा

सेयर गर्नुहोस

मानिसलाई पृथ्वीका अन्य थुप्रै प्राणी को तुलनामा एक सर्वश्रेष्ठ ,बुद्धमानि,र एकदम विकसित मानिएको या आफुलाई मानव प्रजातिको एक अब्बल  दर्जामा राख्दै आएको प्राणीको रूपमा चिन्ने गरिन्छ । आज ऊ सँग भएको त्यो अद्भुत क्षमता र हरेक क्षेत्रमा उसलाई विकसित, परिवर्तन गराउने प्रमुख साधन भनेको  शिक्षा नै  हो । यसैको फलस्वरूप आज मानिस  आफुलाई अब्बल ठान्दछ। जब पृथ्वीको उत्पत्ति भयो त्यसपछि पृथ्वीमा विभिन्न किसिमका जिवजन्तुको पनि उत्पति भयो। तिनिहरू क्रमिक रूपमा एक पछि अर्को गर्दै विकसित हुँदै आए ।यसै विकास क्रमको  रूपमा करिव पचास(५०) करोड वर्ष भन्दा पहिले पृथ्वीमा एक कोषिय जिवको विकास भएको देखिन्छ  ,त्यस्तै चालीस(४०) करोड वर्ष पहिला माछाको विकास ,पच्चिस(२५)करोड वर्ष पहिला जमिनमा घस्रने जिवको विकास ,बीस (२०) करोड वर्ष पहिला स्तानधारि प्राणिको विकास र त्यसपछि ३० लाख वर्ष पहिला बाँदरको बिकाश भएको र त्यसपछि बाँदर अनि बन मान्छे ,र मान्छे को विकास यसमा पनि सुरूमा मासु खाने, खुर हुनेहरू ,रूखमा बस्ने ,रूखवाट झरेर जमिनमा बाँच्न सक्नेको बिकास ,हात खुट्टा,नङ्गहरू लामो लामो हुनेको बिकास हुँदै मान्छेको विकास भएको छ। विस्तारै- विस्तारै तिनिहरू मानव  बस्तिको रूपमा  विकसित हुन थालेको र त्यहा पनि विभिन्न जंगलि युग ,बर्बर युग र सभ्य युग हुदै यहाँसम्म आफुलाई आफ्नो चेतनालाई कुनैकुनै तरिकाले बिकसित गर्दै आएको  कुरा आज बिज्ञानले देखाई सकेको छ।

यस्तै मानिसहरूले हरेक युग सँगै पदार्थलाई र उ भित्रको  चेतनालाई अथवा आफुलाई र आफ्नो  चेतनालाई परिवर्तन गर्दै जंगलि युगमा “अझै माक्र्सको भाषामा भन्ने हो भने आदिम साम्यवादमा “मान्छेहरू जंगलमा  कन्दमुल , फलफूल ,सिकार गरेर काचो मासु खाने गर्दथे । अन्य आैजारका रूपमा पनि ढुङ्गा ले ढुङ्गा काटेर ढुङ्गाका हतियाररहरू बनाउने गर्थे त्यतिबेला अरू विकास भएको थिएन ,बिस्तारै उनिहरूको बढ्दो क्रम पहिला भन्दा ठूलो समूह या जनसंख्या वृद्धि र त्यस पश्चात् उनिहरूको हरेक कुराको आवश्यकताको लागि अनेक थरिका चिज ,वस्तुहरूको खोजिकार्य सुरू भयो। गाँस,बाँस,कपास मा उनिहरूको खोजिकार्यले गर्दा क्रमिक रूपमा एक पछि अर्को गर्दै नयाँ नयाँ  चिज ,वस्तुहरूको आविष्कार हुँदै आयो। आैजारहरूको रूपमा फलाम लगाएत विभिन्न धातुसम्म र काठका भाडाकुडा देखि माटाका हुँदै धातुका सम्म । खानेकुराको खोजि गर्दा बिस्तारै आगोको आविस्कार भयो त्यस पश्चात् पोलेर खाने हुँदै पछि पछि पकाएर खाने ,त्यसमा मर मसला पनि आवश्यक पर्न थाल्यो । सुरूमा जंगलि जनावरको सिकार गरेर मात्रै खान्थे पछि यिनिहरूलाई घर पालुवाको रूपमा पाल्न थाले। फलफूलका रूखहरू आफै रोप्न थाले, विस्तारै धन सम्पति बटुल्न थाले ।यसरी व्यक्तिका आवश्यकता सँगै विभिन्न समय क्रममा हरेक कुराको आविस्कार हुँदै  एउटा वस्तुको मृत्यु र अर्को बस्तुको जन्म (कार्ल माक्र्सको भाषा अनुसार भन्ने हो भने द्वन्द्व वादि नियम अनुसार निशेध को निशेध ) हुँदै र हरेक युग अनुसार आफुलाई बदल्दै मानव समाज आदिम साम्यवाद, दास युग, सामन्तयुग ,पुजीवादी युग  हुँदै र समाजवादको न्यूनतम अवस्थामा  सम्म आईपुग्दा दुनियाँमा यति कुराको परिवर्तन भईसकेको छ कि जुन ईतिहासको आदिम काल खण्डको कुरा गर्दा ईतिहास नहेरि पत्यार नै लाग्न सक्दैन।       मानव समाजको सभ्यताको बिकास हुनु, एक पछि अर्को गर्दै परिवर्तन हुनु जति समाजमा बढ्दो जनसंख्या वृद्धि सँगै मृत्युु र बसाइँसराइको प्रभाव पर्नु यी बिभिद समाजका सामाजिक ,आर्थिक ,साँस्कृतिक समस्याहरू देखा पर्नु , यसको समाधानको स्वरूप राजनैतिक पाटाहरू खोजिनु र मानिसका समस्याहरू अर्थात व्याक्तिका समस्याहरू समुहमा लगेर सामुहिक रूपमा सामधानका उपायहरू खोजिनु ,यो  विशेषतः मानिसहरूका आवश्यकताले निम्त्याएको  आर्थिक परिस्थिति र यसको समाधानको लागि उत्पन्न भएको अर्थात पृथ्वीका भाैतिक पदार्थवाट उसको आवश्यकताले उत्पन्न गरेको ज्ञानको कारण नै हो।

सभ्यताको ईतिहासमा ज्ञानको विकास .

पृथ्वीमा मानव जातिको उत्पति पछि विस्तारै-विस्तारै उसको बढ्दो सङ्ख्या ,बढ्दो ईच्छा ,चाहना ,उसका आवश्यकता र ती आवश्यकता पुर्ति गर्नका लागि गरेका हरेक प्रयासहरू एक पछि अर्को गरि सफल हुँदै पहिलेको भन्दा नयाँ ,अफ्ट्यारो भन्दा सजिलो ,त्यो भन्दा झन सजिलो ,अझै सजिलो गरि सफलताहरू पार गर्दै गए। आफ्ना गल्तिलाई सच्याउदै नयाँ निर्माण गर्दै अर्थात ध्वंस र निर्माणलाई कायम राख्दै अगाडि बढ्यो अनि विस्तारै ती नियमहरूलाई लेखन पद्धतिमा रूपान्तर गर्दै एक ले अर्कोलाई बुझाउदै हिँड्यो । पहिला पहिला गुफाका भित्ताहरूमा करिव ३५ हजार वर्ष पहिला मानिसले गुफाका भित्ताहरूमा,रूखका बोक्रामा कोर्न थालेको ईतिहास हेर्न पाईन्छ । त्यस्तै ईसाई पुर्व ५ हजार देखि ४ हजार वर्षका बिचमा ईजिप्टका गुफाहरूमा चित्रात्मक र अर्थपूर्ण लेखनको प्रारम्भ भएको हेर्न सकिन्छ ।(यो 10 Thousand bc movie मा पनि हेर्न सकिन्छ )।त्यस्तै ईसाई पुर्व ३००० देखि १७०० का विचमा प्राचीन सुपेरियाहरूले माटाका चक्काहरूमा लेख्ने कलाको विकास र भारत वर्षहरूमा पनि यो भन्दा पहिले भएको देखिन्छ ,अनि भोजपत्र देखि अनेक किसिमका काठका व्लक, ढुंगाहरूमा पनि लेखिए  पछि चिनले कागजको आविस्कार गर्यो । उक्त आविस्कार पछि कागजमा लेख्ने ,कितावहरू छाप्ने ,पत्रिका छाप्ने चलनको विकास हुन थाल्यो । मानिसहरूको विभिद प्रकारका ज्ञान,विज्ञानका  कितावहरू लेख्न र छाप्न थाले । यति मात्रै नभई अब सामुहिक रूवले अध्यान क्षेत्रको बिकास गराैँ भन्ने चेतनाको विकास हुन थाल्यो । मानिसका व्यक्तिगत आवश्यक र व्यक्तीगत ईच्छाहरूलाई समुहद्वारा समाधान गर्ने विद्यालयको स्थापना गर्न थाले ,यी विद्यालयहरू विस्तारै-विस्तारै बिश्वबिद्धालयहरूमा रूपान्तर हुँन थाले र विभिन्न  ज्ञान,चेतनालाई समुहमा एक अर्कामा साटासाट गरि समाधान निकाल्ने प्रमुख केन्द्र नै विश्वविद्यालय बने ,हरेक क्षेत्रमा अध्यन गर्ने ,फरक -फरक क्षेत्रको आविस्कार गर्ने पाठशालाहरूको निर्माण ले अहिले भईरहेका सम्पुर्ण चमत्कारहरू त्यसैका देन हुन । यी सम्पुर्ण आविस्कार हरू मध्ये समाजका लागि प्रमुख चाहिँ समाजिक,आर्थिक र राजनैतिक आविस्कार नै हुन।

सामाजिक,आर्थिकर राजनैतिक बिकास .

यी सम्पूर्ण अलपत्र रूपमा छरिएर रहेका आविस्कारलाई सहि मार्गमा डोर्‍याउने र एक सुत्रमा बाध्ने प्रयास सामाजिक ,राजनैतिक दार्शनिकहरूले नै गरेका हुन । बिशेशत; यो संसार केहो? यो संसार कसरी बन्यो ? यो संसार कसले जन्मायो? यो कसरी टिकेको छ? आदि सवै दर्शनका पाटा हुन र संसारका विभिन्न दार्शनिकहरूले यो मान्छेको १२ हजार वर्षको सभ्यताको ईतिहासमा मान्छे र मान्छेका  बिषयहरूको खोजि गरे ।स्वयं मान्छे केहो? मान्छेका सुख के हुन? मान्छेका दुख के हुन? मान्छेका समर्थ्य के हुन? भन्ने वारेमा सवभन्दा ठूलो खोजि यसका वरिपरि गरे । यसमा सवभन्दा ठूलो देन माक्र्सलाई जान्छ ।

यसवारे नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का स्थायी कमिटि सदस्य घनश्याम भुषाल भन्नुहुन्छ  ” माक्रसलाई हामी किन सम्झिन्छाै भने मानव सभ्यताको १२ हजार वर्षको ईतिहासमा मान्छेको चिन्तनको ईतिहासमा,मान्छेका बारेमा मान्छेका सुख ,दुखका बारेमा र मान्छेका सामर्थ्यका बारेमा कसैले पनि प्रश्न गर्न नसक्ने गरि सवभन्दा सर्वथा,सटिक जवाफ ती चिन्तक कार्ल माक्र्सले गरेका छन” । माक्र्सले भनेका छन ” दार्शनिकहरूले विभिन्न ढंगले संसार कस्तो छ भनी व्याख्या गरेका छन ,यसको मुल प्रश्न भनेको यसलाई वदल्ने कसरी? त्यसैले उनले ब्याख्या गरेर दुनियाँका सामु मान्छे जब आफ्नै दुखमा बाधियो ,आफैले सिर्जना गरेका अगणित बन्धनमा बाधियो यश मध्ये सवभन्दा धेरै सवभन्दा महत्त्वपूर्ण रूपले उ वर्गको बन्धनमा बाधियो ।यसर्थ मान्छेको आजको दुख जो मान्छे आफैले सिर्जना गरेको थियो त्यो दुख यो वर्गको दुख हो यसवाट मुक्ति अथवा त्यो सुख मान्छेले आफ्ना सामाजिक जिवनमा प्राप्त गर्ने सवभन्दा राम्रो सवभन्दा सुखको अवस्था भनेको समाजवाद हो । उनले यो सारा समाजवाद ल्याउने वा सुख ल्याउने सामर्थ्य अरू कुनै देवि देवता वा ईश्वर होइन यो सवै स्वयं मान्छेमा नै छ,मान्छे नै हो भनेर व्याख्या गरेका छन। यो १२ हजार वर्षको ईतिहासमा ज्ञान चिन्तनको ईतिहासको हिसाबले यो सवैभन्दा महत्त्वपूर्ण कुरा हो र आज सम्म जे जति ज्ञान चिन्तनको बहस भईरहेको छ यो सबै माक्र्स सँग नठोकिईकन दुनियाँमा कोही पनि चिन्तक हुन सकेको छैन ,अथवा उसले कित माक्रसलाई आफुबाट अलग राख्नु पर्छ यात माक्र्स  सँग सहमत हुनु पर्छ”।
यी मानव समाजका तमाम प्रश्न र यसको उत्तरको खोजिको कारण अहिलेसम्मकै  सामाजिक ,आर्थिक परिस्थितिकै देन हो। यहाँ हरेक युगमा आर्थिक कारणले  प्रभाव पारेको छ। साथै यश सम्बन्धमा  माक्सको भनाइ छ” सभ्यताको बिकास मानिसको निरन्तर बद्लिदो आर्थिक परिस्थितिकै कारण हो”।

त्यसैले ज्ञान चिन्तनको हिसाबले हेर्ने हो भने यहि निरन्तर बद्लिदो आर्थिक परिस्थिति सँगै मानव समाज प्रत्येक युगमा आफू र आफ्नो राजनैतिक चेतना स्तरलाई  यहासम्म आईपुग्दा यसरी  बिकास गर्दै  आईपुगेको पाईन्छ ।

सामाजमा शिक्षा प्रणाली र विश्वविद्यालय  कस्ता  छन?

मानव ईतिहासबाट यहाँ सम्म आई पुग्दा ज्ञानको विकास यसरी भएको देखिन्छ । साथै अहिले सम्म भएका सकारात्मक पक्ष सँगै यसका विपरित पनि   नभएका भने होइनन् । माक्सले भनेका छन अहिले सम्मको युग वर्ग संघर्षको युग हो। यहाँ हरेक युगमा एक वाट अर्कोमा प्रस्थान गर्न संघर्ष अनिवार्य भएको छ । यसक्रममा अनेक सकारात्मक ,नकारात्मक कुराकको संलेषण हुदै “अझै माक्सको द्वन्द्ववादको नियम निषेधको निषेध अनुसार भन्ने हो भने वाद, प्रतिवाद र संवाद हुदै ” समाज यहाँ सम्म आईपुगेको छ। जुनसुकै समाजमा पनि यस्ता प्रतिवादहरू सकारात्मक र नकारात्मक किसिमले  उव्जिने गर्दछन । यी सम्पुर्ण प्रतिवादवाट संवाद हामिले निकाल्ने हो ।जो समाजलाई समाजका व्यक्तिहरूको चिन्तन ,मनन,उनिहरूको व्यावहारिक जीवन,अझै भन्दा यिनिहरूका सुख ,दुखको समाधान गर्ने खालका सकारात्मक पक्षलाई समेट्न शिक्षाको विकास गर्न हामिले आवश्यक छ।

आजको दुनियाँमा समाजमा बढ्दो जनसंख्या सँगै उसको अत्यधिक चापले झन-झन साँघुरिदो भुमिमा अवको केही वर्ष पछि झनै जनसंख्या वृद्धि होला एकातिर यो चिन्ता छ भने अर्कोतिर यो बढ्दो खुला प्रतिस्पर्धात्मक पुँजिबादि व्यवस्थामा मान्छे ले मान्छे चिन्न छोड्दैछ र स्वयं वस्तु बन्न खोज्दै छ यो झनै चिन्ताजनक विषय छ। यस्तो बेला उक्त समाज कसरी बाँच्छ ? हाम्रो सन्तान समाजमा कसरी बस्छ? उ कस्तो अवस्थामा पुग्दछ ? यो साह्रै चिन्ताको विषय हो । त्यहि भएर यसको समाधनको विकल्प भनेको अहिलेको समाज हो र मुख्यतः  हामी हाैँ ।आजको यो व्यावस्था निर्माण गर्ने  हिजोको पुस्ताको हो भने भोलिको समाज निर्माण र उत्पन्न समस्या समाधानको लागि यो पुस्ता या हाम्रो पुस्ता हो। यो पुस्ताले समाजलाई जता डोर्‍यायो समाज त्यतै जान्छ। “यसमा धनश्याम भुषालको एउटा भनाई जोड्छु” यदि माक्र्सलाई  ईतिहास कस्तो  बन्यो? र भविष्य कसरी बन्नेछ? भनेर सोधिएको भए उनले  यसको जवाफ  यस्तो दिन्थे “ईतिहास त्यस्तै बन्यो जस्तो उनिहरूले बनाए र भविष्य त्यसरि नै बन्ने छ जसरि यिनिहरू बनाउने छन”

त्यसैले आफ्नो भाग्य र भविष्य बनाउने काम आफ्नै हो अरू कोहि आएर बनाईदिदैन ,यो हाम्रो लागि एउटा चुनाैतिपुर्ण समय हो । हाम्रा चुनाैति भनेका यी विभिन्न ज्ञान बिज्ञानका लागि स्थापना गरिएका बिश्वबिद्धालयहरूको विकास कसरि भैरहेको छ? आजको अवस्थामा ज्ञान,शिक्षा क्षेत्र मानिसका लागि नभई नहुने महत्वपूर्ण छ, जो यो विना अन्धका हुन पुग्दछ। आज मान्छेले यहि ज्ञान आर्जनको लागि हरेक संघर्षमय जीवन बिताएर पैसा कमाउछ, र आफ्ना सन्ततिलाई राम्रो शिक्षा प्राप्त गर्ने ठूलो विद्यालयमा पढाएर ठूलो मान्छे बनाउन सकुँ। यसका लागि हरेक राम्रा नराम्रा कामहरू गर्न पछि पर्दैन यो उसको लागि बाध्यात्मक हो र यो मुख्यतः  शिक्षामा भएको व्यापारिकरण नै हो। मानिस यस्ता थुप्रै संकटहरू पार गर्दै ठुला ठुला सपनाहरू बोकेर एउटा दुर दराजको गाँउबाट उच्च शिक्षाको लागि भनेर शहरका विश्व विद्दालयमा आउँछ त्यहा उसले सोचे जस्तो नत बैचारिक नत व्यावहारि नै ज्ञान प्राप्त गर्छ र त्यहाबाट सर्टिफिकेट लगेर जान्छ ।त्यस पछि केही गर्न खोज्छ हुदैन , जागिर खान खोज्छ कहि कतै पार लागेन भने पासपोर्ट बनाएर बिदेश पलायन हुन्छ । अनि क्याम्पसहरूमा उसको खसिटिउरिको बहस हुन थाल्छ यसले यो गर्न सकेन, त्यो गर्न सकेन ,यसको पछि लागेन ,उसको पछि लागेन अर्थात उसको क्षमताले भ्याएन।

प्रश्न उसको सर्टिफिकेट प्राप्ति पछिको उसको उपलव्धिको होइन,  प्रश्न यो हो ,हाम्रो शिक्षा पद्धतिको र हाम्रो क्याम्पसहरूमा हुने बहसहरू केमा आधारित छन?  पहिलो कुरा त हाम्रो बिश्वबिद्धालयको शिक्षा पद्धति कस्तो छ? भन्ने हो । शिक्षा उसले नेपालमै रोजगारि पाउने खालको रोजगार मुलक छ? कुनै उत्पादन क्षेत्र तिर कामलाग्ने खालको उत्पादनमुलक छ? यो हेर्न जरूरि छ ।आफ्नै भुमिमा आफ्नै भुमिको माटो ,हावा ,पानी सँग मिल्ने उत्पादनमुलक क्षेत्रसँग जोडिएको र यहाकै राष्ट्रियता सँग , सामाजिक ,आर्थिक र राजनैतिक बिषयतिर सम्वन्धित शिक्षा हुनुपर्दछ। हामिले पहिले जागिर खाने भन्दा पनि जागिर पाउने ठाउँको निर्माण गर्न आवश्यक छ। जागिर पाउनलाई त जागिर पाउने ठाउँ हुनुपर्यो नि?

दोस्रो कुरा यी समाजका विभिद सामाजिक ,आर्थिक ,साँस्कृतिक र राजनैतिक समस्याहरूको समाधान गर्ने ,यसको विकास गर्ने यहाको उत्पादन प्रणाली सँग प्रत्यक्ष सम्बन्ध राख्ने र यसको बारेमा सोच्ने ,वस्तुगत चेतनाको विकास गर्ने खालका विद्यार्थीहरूको उत्पादन गर्न सक्नु पर्दछ । हामिले यो किसिमको शिक्षा प्रणाली र बिश्वबिद्धालयमा हुने बहस रचनात्मक क्रियाकलाप हाम्रो बिश्वबिद्धालयमा छ कि छैन? मुख्यतः यो हेर्नू पर्दछ।

यहाँ अध्यान  कुनै कुरा थाहा पाउनको लागि त्यो के हो ? अनि के रहेछ ? पत्ता लगाईसके पछि  यसलाई के गर्नु पर्छ भन्ने कुराको लागि नै गरिन्छ यो भन्नाले यसलाई परिवर्तन गर्नु नै हो । पहिलो त हामिले हाम्रो समाजलाई बुझ्न जरूरि छ समाज के हो ? समाज कस्तो छ? यहाका समस्या कस्ता छन ,कुन कुराले समाजलाई बाधा बनाएको छ ? यहाको सँस्कार कस्तो छ? अनि यसको सम्पुर्ण उपचार भनेको यसलाई बदल्नु हो।  “म्यक्सिम गोर्कि भन्छन मानव निर्मित प्रकृति नै संस्कार हो”त्यसैले हाम्रो समाजको प्रमुख समस्या नै हाम्रो परम्परागत संस्कार हो यसलाई समय सापेक्ष अनुरूप र समाजको आवश्यकता अनुसार बदल्नु पर्दछ जसले सवैलाई फाईदा पुर्याउन सक्छ। शिक्षा,अध्यान भनेकै समय सापेक्षअनुसार यस्तोलाई बुझ्दै र बदल्दै जानको लागि हो । बिडम्वना हामिकहा यस्तो देखिदैन जहाँ म हाम्रा तमाम बेथितिलाई परिवर्तन गर्छु ,हाम्रा हरेक समस्यालाई अन्त्य गर्छु भन्ने सोचले बिश्वबिद्धालय छिरेको मान्छे सर्टिफिकेट लगेर जादा समाज ,परिवार परिवर्तन गर्नु त परको कुरा हो बरू यो झमेलाबाट मुक्तहुन  आफ्नै प्रगतिशील  गर्ने सोचलाई नै परिवर्तन गर्ने निर्णयमा पुग्दछ ।यो हाम्रो लागि विडम्बना हो। यसको समाधान खोज्न आवश्यक छ।

 निष्कर्षमा

जुन विश्वविद्यालयबाट सिकेर गएको ज्ञानले आफ्नो परिवार , समाज र मुख्यत उनिहरूले आपनाएको रूढिवादि परम्परा  “जसले समाजलाई  असर गरिरहेको छ ” यस लाई बदल्न सकिदैन भने त्यस्तो ज्ञानबाट/शिक्षावाट हामिले के कति अपेक्षा राख्ने?यो हाम्रो प्रश्न हुनु पर्दछ।
एउटा मानविकि संकाय अध्यान गरेको विद्यार्थीले कम से कम आफ्नो परिवार ,टोल,छिमेेक,समाज त वदल्ने न्युनतम प्रयास त गर्नु पर्यो । हामिले समाज बदल्नको लागि पहिलो कुरा त समाज प्रतिको चेतनालाई बदल्नु आवश्यक छ। यो चेतना बदल्ने शिक्षा आज हामिसँग उपलव्ध छैन यो हाम्रो लागि प्रमुख समस्या  हो। बिश्वबिद्धालयहरूमा यस्ता बहसहरू चल्नु पर्ने हो बिडम्बना हाम्रा विद्यालयहरूमा यस्ता बहस सम्वन्धि कुरै उठ्दैनन। एउटा ईतिहासको विद्यार्थीले बिगतका मानव समाजका वास्तविक ईतिहासको बारेमा,समाजशास्त्रको विद्यार्थीले समाजका व्याक्तिहरूको वास्तविक जीवन,चिन्तन,व्यावहार बारेमा,समाजका समस्याको बारेमा ,एउटा अर्थशास्त्रको विद्यार्थीले समाजमा मानव जातिको आर्थिक सम्बन्ध र कार्यको बिवेचना बारेमा र राजनितीक शास्त्रको बिद्यार्थीले  यि विभिन्न सामाजिक, आर्थिक,साँस्कृतिक सम्बन्धित क्रियाकलापको समाधानको बिषयका बारेमा जुन बहस हुनु पर्ने हो त्यो बिल्कुल छैन।
बिश्वबिद्धालय एक यस्तो पाठशाला हो जस्ले भविष्यमा राज्यको नेतृत्व गर्ने यसलाई विश्वमा हाक्न सक्ने राजनेता मात्र नभई ,सारा विश्वलाई नै एक दर्शन दिन सक्ने महान विश्व दार्शनिकहरू /प्रसिद्ध बैज्ञानिकहरू  जन्माउ छ।

आज विश्वका अक्सपोर्ड,क्याम्व्रिज,हर्वट,एम.आईटि , प्रिन्स्टन र जे.एन यु जस्ता विश्वप्रसिद्ध बिश्वबिद्धालयहरूको चर्चा किन गरिन्छ ? के हाम्रा बिश्वबिद्धालयलाई यस्ता विश्व चर्चित बनाउन सकिँदैन ? के शिक्षा भन्ने कुरा यस्ता विश्वप्रसिद्ध बिश्वबिद्धालयहरू बाटै ल्याउनु पर्ने हो ? यहि शिक्षा हाम्रो मा घोकाउनु पर्ने हो?  बिल्कुल होइन ज्ञान उत्पादन कतैबाट खरिद गरेर ल्याउने अथवा अन्यत्र कुनै यसको खानि हुने होइन ,यो कुनै बस्तु अनि उक्त बस्तु प्रतिको खोज/ अनुसन्धान  र त्यसबाट निस्केको सत्य परिणाम नै हो। हामिले हाम्रो बिश्वबिद्धालयबाट यहि अपेक्षा राख्नु पर्दछ ।हामिले यो कुरामा जोड दिनु पर्दछ कि हाम्रो समाज त्यहाको बस्तुगत स्थिति के छ? के कुराले बाधा पुर्‍याएको छ? अब के गर्दा त्यहाबाट सफल भईन्छ र त्यहाको आर्थिक स्थिति कस्तो छ? यति कुरामा अध्यान अनुसन्धान गर्न जरूरि छ । अनि यहि अध्यान अनुसन्धानको परिणाम नै हाम्रा तमाम प्रश्नहरूको उत्तर हुन सक्छ ।यहि नै हाम्रो अब्बल ज्ञानको स्रोत  हुन सक्छ । हाम्रा बिश्वबिद्धालयहरूमा यहि सम्बन्धि शिक्षा हुन जरूरि छ। अन्तमा हामी प्रश्न गर्न सक्छौ “यदि ज्ञान त्यस क्षेत्रको  बस्तुगत स्थितिको अध्यान भन्दा बाहिरबाट  प्राप्त गर्ने चिज भए ती विश्वप्रसिद्ध बिश्वबिद्धालयहरूमा चाहिँ कहाँबाट आयो? हामी यसमा कदापि झुक्किनु हूदैन ज्ञान प्राप्त गर्ने स्रोत  त्यहाको बस्तुगत स्थिति भन्दा भिन्न कुनैअर्को दैविक शक्तिबाट हुदैन।  तिनिहरूले पनि त्यहाको बस्तुगत अवस्थाको खोज, त्यस क्षेत्रको अध्यान ,अनुसन्धान गरेर प्राप्त गरेका हुन्।त्यतिबेला  उनिहरूले उत्पादन गरेको ज्ञान  हामिलाई उपभोग गर्न ठिक्क छ। आज हामिलाई ,विश्वलाई आफ्नो देशमा के हुँदैछ,पछि के हुनेछ?कस्तो हुनुपर्छ ?पढाइ राखेका छन।

 

सेयर गर्नुहोस

योगदानकर्ता

+द टाइम्स अफ नेपाल

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -