स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

समानताको सिद्धान्तविपरीत राज्य जान लाग्यो

ram chan dra poudel - The Times Of Nepal
सेयर गर्नुहोस

२६ माघ : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताउनुभएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले सरकार नागरिक सबै बराबर हुन भन्ने उद्देश्यले अघि बढ्नुपर्नेमा पक्षपाती भएको टिप्पणी गर्नुभयो ।

नेता पौडेलले प्रदेश सरकारले गरेको निर्णय माथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गर्न नपाउने गरी गलत मनसायबाट विधेयक ल्याउन लागेको बताउनुभयो । यसले लोकतन्त्रलाई कमजोर बनाउने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “लोकतन्त्रको सट्टा धनतन्त्रतर्फ देशलाई लान खोजियो ।”

फरक प्रसङ्गमा उहाँले पार्टीभित्र वैचारिक द्वन्द्व भए पनि अहिले केही हदसम्म समाधान भएको बताउनुभयो । आफू पार्टीभित्र विकृतिको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “पार्टीभित्र धेरै ठाउँमा विकृति विसङ्गति रहेको छ । त्यसको अन्त्य हुनुपर्छ ।” राजनीतिलाई सम्मानको क्षेत्र बनाउनुपर्ने भन्दै उहाँले सुशासन, पारदर्शीता र विकृतिरहित बनाउन आवश्यक रहेको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -