स्वागतम्,
Thursday 28th March 2024   |   Switch to English
Times of Nepal

इञ्जिनीयर विकासको मेरुदण्ड हुन्– मुख्यमन्त्री राउत

सेयर गर्नुहोस

१३ माघ : देश नं–२ का मुख्यमन्त्री लालबाबु राउतले प्राविधिक कर्मचारीको पेशागत हकहित र संरक्षण तथा सम्बद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल इञ्जिनीयर्स एशोसिएशन प्रादेशिक केन्द्र प्रदेश नं २ को प्रथम वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले इञ्जिनीयर विकासको मेरुदण्ड भएकाले यस प्रदेशको समृद्धिका सहयोग गर्न आह्वान गर्नुभयो । सङ्घीयता नरुचाउने शक्ति समाजवादी र राजपामा फुट गरेर सङ्घीयतालाई नै सखाप पार्न खोजेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो ।

एक अर्को प्रसङ्गमा मुख्यमन्त्री राउतले गत आर्थिक वर्ष भुक्तानीमा कानूनी समस्या आएकाले कानूनविद्सँग परामर्श गरी नियमावली बनाएर ती समस्या छिट्टै समाधान गर्ने जानकारी गराउनुभयो । नेपाल इञ्जिनीयर्स एशोसिएशन प्रदेश नं २ का अध्यक्ष नन्दकिशोर यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल इञ्जिनीयर्स एशोसिएशनका केन्द्रीय अध्यक्ष डा त्रिरत्न ब्रजाचार्य, इञ्जिनीयर्स एशोसिएशन प्रदेश नं २ का सचिव अजितकुमार यादव र कोषाध्यक्ष रामएकवाल यादवले मुलुकको विकासमा इञ्जिनीयरहरुको मुख्य भूमिका रहेको बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -