स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

पार्टीले दिएको जिम्मेवारीअनुसार पुरानै काममा फर्कन्छु– डा तुम्बाहाम्फे

सेयर गर्नुहोस

 १३ माघ  : पूर्वउपसभामुख डा शिवमाया तुम्वाहाम्फेले पार्टीले दिएको जिम्मेवारीअनुसार अब पार्टीको पुरानै काममा फर्कने बताउनुभएको छ ।

दोलखा आउनुभएका पूर्वउपसभामुख तुम्वाहाम्फेले आज चरिकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभामुखमा राजीनामा दिएसँगै अब पार्टीले दिएको जिम्मेवारीअनुसार पार्टीको काममा लाग्ने बताउनुभयो ।

आफू उपसभामुख रहँदा पार्टीको गतिविधिमा सहभागिता नभए तापनि लामो समयदेखि पार्टीको विभिन्न जिम्मेवारी लिइ काम गरेको अनुभव रहेको र पुनः पार्टीले दिएको जिम्मेवारीअनुसार आफू काम गर्न तयार रहेको उहाँले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -