स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

बागमती प्रदेश : प्रदेशसभामा दुई विधेयक प्रस्तुत

Bagmati Pradesh - The Times Of Nepal
सेयर गर्नुहोस

 १२ माघ : वाग्मती प्रदेशसभाको आज अपराह्नमा बसेको बैठकमा दुई वटा विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गरिएको छ ।

उक्त बैठकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले प्रदेशभित्र सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावादोर्जे लामाले प्रदेशमा दूध विकास बोर्ड ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०७६ को प्रस्ताव बृहत् छलफका लागि टेबुल गर्नुभयो ।

वाग्मती प्रदेशसभाको सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक माघ १३ गते सोमबार बिहान ११ः३० बजे बस्नेगरी आजको बैठक स्थगित गर्नुभयो । गत पुस २७ गते बसेको प्रदेश नं. ३ प्रदेशसभाको पाँचौँ बैठकले प्रदेशको राजधानी हेटौँडा र नाम वाग्मती राखेको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -