स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

उचित मूल्य नपाउँदा उखु किसान मर्कामा

सेयर गर्नुहोस

 १२ माघ : कपिलवस्तुमा सुगर मिल नहँुदा सरकारले तोकेको उखुको मूल्य किसानले पाउन सकेका छैनन् । शिवराज नगरपालिका–७ जवाभारीमा लामो समयदेखि सञ्चालनमा रहेको महालक्ष्मी सुगर मिल अन्यन्त्र सरेपछि कपिलवस्तुका उखु किसान चिन्तित बनेका छन् ।

जिल्लाको पश्चिमी क्षेत्रमा एक याममा करिब २० क्विन्टल उत्पादन हुने उखु यस वर्ष आधाभन्दा कम उत्पादन भएको कपिलवस्तु उखु किसान सङ्घले जनाएको छ । मुख्य आम्दानीको स्रोत रहेको उखुलाई सरकारले तोकेभन्दा कम मूल्यमा बेच्नुपर्ने बाध्यताले किसानले उखु उत्पादन गर्न छाडेका छन् ।

जिल्लामा उत्पादन हुदाँहँुदै पनि मिल अन्यन्त्र स्थानतरण गर्दा किसान मर्कामा परेको सङ्घका अध्यक्ष अनुपकुमार चौधरीले बताउनुभयो । “किसानलाई समस्या छ, अहिले पनि रु ३०० प्रतिक्विन्टल बेच्नुपरेको छ, यसरी किसानको लगानी पनि उठदैन्”—चौधरीले भन्नुभयो । सरकारले किसानलाई दिन प्रतिदिन समस्यमा पार्दै गएको चौधरीको भनाइ छ ।

उखु उत्पादन हुने याममा क्रसिङहरुले मनपरी गर्ने गरेका छन् । गुड क्रसिङहरुले प्रतिक्विन्टल रु ३०० का दरले उखु खरिद गर्ने गरेको किसान पुजारीप्रसाद चौधरीले बताउनुभयो । “१० बिघामा उखु लगाएको भए पनि अहिले बेच्दा लगानी उठेको छैन, तर बेच्न बाध्य छौँ”, चौधरीले भन्नुभयो । स्थानीय ओमप्रकास चौधरीले आउँदो वर्षदेखि उखु नलगाउने बताउनुभयो । “सरकारले ५३६ रुपैयाँ तोकेको छ यहाँ हामीले ३०० रुपैयाँभन्दा कममा बेच्नुपर्छ” उहाँले भन्नुभयो । पाँच वर्ष अघि सरकारले दिने भनेको अनुदान अहिलेसम्म नपाएको भन्दै उहाँले सरकार किसानको पक्षमा नभएको गुनासो गर्नुभयो ।

जिल्लाको शिवराज नगरपालिकामा मात्र तीन दर्जन बढी गुड क्रसिङ सञ्चालनमा छन् । ती क्रसिङले किसानबाट सस्तो मूल्यमा उखु खरिद गर्दै आएका छन् । सरकारले सुगर मिलको लागि मात्र उक्त मूल्य तोकेको बताएको थियो । पहिलेको तुलनामा कपिलवस्तुमा उखु उत्पादनमा कमी हुँदै गएको छ । अहिले किसानले जग्गा बाँझो राख्न थालेका छन् । गतवर्ष किसानले उखु नवलपरासी पठाउने भने पनि उचित मूल्य नपाउँदा पठाएनन् । जिल्लाका किसानले सरकारबाट पाउनुपर्ने रु साढे दुई करोड अनुदान नपाउँदा विभिन्न समयमा आन्दोलित हँुदै आएका छन् ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -