स्वागतम्,
Saturday 20th April 2024   |   Switch to English
Times of Nepal

माइक्रोबस दुर्घटनामा चालकको मृत्यु

सेयर गर्नुहोस

 १२ माघ : झापाबाट काठमाडाँै जाँदै गरेको बा४ख ६९६ नंको माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायबउपरीक्षक श्यामबहादुर खत्रीले काठमाडौँ महानगरपालिका–११ गठ्ठाघर निवासी ३८ वर्षीय मोहन मर्हजनको सो दुर्घटनामा आज विहान मृत्यु भएका जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका २० यात्रुको सिन्धुलीको विभिन्न अस्पतालमा उपचार भैराखेको र मृत्यु कार्की सो बसका सवारीधनी साथै चालक रहेका उहाँले बताउनुभयो । माइक्रोबस सडकबाट अन्दाजी ३५ मिटर तल खसी दुर्घटना भएको थियो । बाक्लो हुस्सु र तीव्रगतिका कारण माइक्रोबस दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -