स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुलको शिलान्यास

सेयर गर्नुहोस

११ माघ : बँेसीशहर नगरपालिका–२ गैरी र वडा ११ बरबोट जोड्ने मस्र्याङ्दी नदीमा जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ ।

प्रदेश सरकारको लगानीमा निर्माण हुने सो झोलुङ्गे पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज शिलान्यास गर्नुहुँदै गण्डकी प्रदेशमा विकासको गति तीव्ररूपमा अघि बढेको बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले विकासको बाधकतत्व फेला पारिसकेकाले अब सुधार गरेर अघि बढ्ने पनि दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “विद्यमान सार्वजनिक खरीद ऐन, जग्गा प्राप्ति, अनुगमन र वातावरणीय प्रभाव मूल्याङ्कनलाई व्यवस्थित गर्नु जरुरी छ, यिनै चार कारण अलमल र ढिलासुस्तीले काम हुन सकेको छैन, प्रदेश सरकार यसलाई सुधार गरेर अघि बढ्छ ।” सङ्घीयताको मूल मर्म प्रदेश सरकार रहेको भन्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “स्थानीय तहले जरा र सङ्घीय सरकारले छहारीको काम गर्नुपर्छ, प्रदेश सरकार चाहिँदैन भन्नुको कुनै तुक छैन ।”

कार्यक्रममा गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक मायानाथ अधिकारीले विकास र समृद्धितर्फ देश अघि बढेको भन्दै परिणाम देखिने गरी काम भइरहेको बताउनुभयो । गण्डकी प्रदेश सरकारको रु दुई करोड ३८ लाख ४३ हजार लागतमा निर्माण हुने पुल विसं २०७७ असार मसान्तसम्ममा सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । पुलको लम्बाइ २५६ मिटर र चौडाइ एक मिटर रहनेछ । पुल निर्माण भएपछि लोपोन्मुख चेपाङ समुदायलाई बढी लाभ मिल्ने भएको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -