स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

गाउँपालिकाद्वारा अनुदानमा सोलार वितरण

देशकै ठूलो सौर्य प्लान्ट ,solar - The times of nepal
सेयर गर्नुहोस

 ११ माघ : जिल्लाको नरहरिनाथ गाउँपालिकाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सोलार वितरण गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको समन्वय र आंशिक अनुदानमा ५० देखि ५५ वाटका चार हजार ७९५ घरधुरीलाई सोलार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा विद्युतीकरण नभएपछि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा १६ हजार पर्ने सोलारमा ११ हजार अनुदान दिइएको गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा झण्डै दुई हजार ७४७ सोलार वितरण गरेको गाउँपालिकाले र दोस्रो चरणमा सबै घरधुरीलाई सोलार वितरण भइरहेको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताउनुभयो ।

“हाम्रो गाउँमा विद्युतीकरण भएको छैन”, उहाँले भन्नुभयो, “अँध्यारोमा बस्दै आएकालाई केही सहन हुनेछ ।” वैकल्पिक ऊर्जाको १० हजार अनुदान र गाउँपालिकाको एक हजार अनुदानमा स्वंयम् व्यक्तिको चार हजार लिएर ५० देखि ५५ वाटका सोलार वितरण भइरहेको गाउँपालिका उपाध्यक्ष बुढाले बताउनुभयो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -