स्वागतम्,
Friday 19th April 2024   |   Switch to English
Times of Nepal

महायज्ञमा उपराष्ट्रपति सहभागी नहुने

सेयर गर्नुहोस

 ११ माघ : नारायणगढमा आजदेखि सुरु हुनलागेको कोटिहोम महायज्ञ विवादित भएको भन्दै उपराष्ट्रपति नन्दकिशोर पुन सहभागी हुने कार्यक्रम रद्द गरिएको छ ।

महायज्ञको उद्घाटनका लागि उपराष्ट्रपति पुन शुक्रबार यहाँ आइपुग्नु भएको थियो । उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले उपराष्ट्रपति सबैको साझा व्यक्ति भएका कारण निम्तोलाई स्विकार गरी कार्यक्रमका लागि यहाँ आए पनि पछि कार्यक्रम विवादित भएकाले सहभागी नहुने निर्णय गर्नुभएको जानकारी दिनुभयो । स्थानीय प्रशासनसँगको छलफलपछि विवादित कार्यक्रममा उपस्थित हुन उपयुक्त नहुने देखिएकाले उपराष्ट्रपति पुन काठमाडौँ फर्कन लाग्नुभएको मगरले जानकारी दिनुभयो ।

आजको एक राष्ट्रिय दैनिकमा कोटिहोमका संयोजक एवम् प्रमुख बाचक बालयोगेश्वर महाराज बताउने बिजय भण्डारी ठग भएको भन्दै समाचार प्रकाशीत भएको छ । सो पश्चात कार्यक्रमका प्रमुख अतिथिका रुपमा आउनु भएका पुन कार्यक्रम विवादित भएको भन्दै सहभागी नहुनु भएको हो । आजदेखि एक महिनासम्म नारायणगढको नारायणी नदी किनारमा महायज्ञ सञ्चालन हुन गइरहेको छ ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -