स्वागतम्,
Thursday 25th April 2024   |   Switch to English
Times of Nepal

प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा

सेयर गर्नुहोस

 १० माघ : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले प्राविधिक शिक्षामार्फत युवा पुस्तालाई स्वरोजगार बनाउनुपर्ने अहिलेको मुख्य आवश्यकता भएकामा जोड दिनुभएको छ ।

तनहुँको देवघाट गाउँपालिका–५ स्थित कालिका माध्यमिक विद्यालयको आज आयोजित ४१ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले बेरोजगार अन्त्यका लागि प्राविधिक शिक्षा आवश्यक भएको बताउनुभयो । देशमा राजनीतिक परिवर्तनपछि अब आर्थिक र र शैक्षिक क्रान्ति आवश्यक भएको बताउँदै मन्त्री विश्वकर्माले भन्नुभयो, “गुणस्तरीय र प्राविधिक शिक्षामार्फत युवालाई गाउँमा नै स्वरोजगार बनाई गाउँगाउँबाट आर्थिक क्रान्तिको नेतृत्व गर्नसक्ने बनाउनुपर्छ ।”

उहाँले शिक्षाको विकास नभई ‘सुखी नेपाली समृद्ध नेपाल’को अभियान पूरा हुन नसक्ने बताउनुभयो । मन्त्री विश्वकर्माले प्रत्येक विद्यालयमा खेल शिक्षकको व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले ‘एक माध्यमिक विद्यालय एक खेल शिक्षक’को नीति लिएको भन्दै त्यसलाई कार्यान्वयन गरिने उहाँको भनाइ थियो । प्रत्येक विद्यालयमा खेल मैदान र प्रत्येक स्थानीय तहमा खेलग्रामको अवधारणा सरकारले लिएको मन्त्री विश्वकर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले शिक्षाको विकासको लागि तीनवटै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक माधवप्रसाद उपाध्यायले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा मन्त्री विश्वकर्माले विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

सेयर गर्नुहोस

योगदानकर्ता

+रासस

- विचार -

- लोकप्रिय -

- नछुटाउनुहोस -

- अन्य मिडिया -